दमकमा डिजिटल उद्यमशीलता तालिम

वर्ल्डलिंकको सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो तालिम

दमक, १८ जेठ / युवा, साना व्यवसायी तथा सूक्ष्म उद्यमीहरूलाई डिजिटल प्रविधिमार्फत सशक्त बनाउने उद्देश्यले दमकमा डिजिटल उद्यमशीलता तालिम सुरु भएको छ ।

वर्ल्डलिन्कले सञ्चालन गरेको तालिमको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गर्दै डिजिटल सीपले युवाहरूलाई आत्मनिर्भर र उद्यमशील बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

वर्ल्डलिन्कले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत नेपालमै पहिलो पटक उक्त तालिम सञ्चालन गरेको वर्ल्डलिन्कका कोशी प्रदेश जनसम्पर्क प्रमुख राजन तिम्सिनाले जनाउनु भयो । डिजिटल युगमा व्यवसाय विस्तार, बजार पहुँच वृद्धि तथा प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धिका लागि यस्ता तालिम प्रभावकारी हुने विश्वास गरिएको उहाँले उल्लेख गर्नुभयो । यस कार्यक्रमले स्थानीय उद्यमीहरूलाई प्रविधिमैत्री व्यवसाय सञ्चालन गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै कम्पनीकी सीएसआर प्रमुख अनुपा भण्डारी जलनले डिजिटल सीप र प्रविधिको प्रभावकारी प्रयोगमार्फत युवा तथा उद्यमीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।
तालिममा युवा, साना व्यवसायी तथा सूक्ष्म उद्यमी गरी २५ जनाको सहभागिता रहेको छ । सहभागीहरूलाई डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको व्यवसायिक उपयोग, अनलाइन प्रवद्र्धन तथा आधुनिक प्रविधिको प्रयोगसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको छ ।
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक ISP रुपमा आफूलाई अघि बढाइरहेको छ । कम्पनी सन् १९९५ मा स्थापना गरिएको थियो र हाल देशभर फाइबर इन्टरनेट, IPTV (NETTV), व्यवसायिक नेटवर्क समाधान तथा विभिन्न डिजिटल सेवाहरू प्रदान गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

केरुङ बन्दरगाह जोड्ने क्षतिग्रस्त राजमार्ग खुलाउने प्रयास तीव्र

एजेन्सी,१६ भदौ । दक्षिणपश्चिमी चीनको तिब्बत स्वायत्त क्षेत्र स्थित बाढीपहिरो प्रभावित केरुङ बन्दरगाह तर्फ जाने प्रमुख राजमार्ग पुनः सञ्चालनका लागि पहिरो र लेदो हटाउने प्रयास

रसुवागढी र तातोपानी अवरुद्ध भए पछि कोरला नाकामा बढ्यो व्यापारिक चाप

मुस्ताङ,१६ भदौ । रसुवागढी–केरुङ र तातोपानी नाका बाढीका कारण प्रभावित भएपछि चीनबाट नेपाल भित्रिने मालसामानको वैकल्पिक मार्गका रूपमा मुस्ताङको कोरला नाका प्रयोग हुन थालेको छ

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता