दमक ५ मा मेलमिलाप तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न

दमक,२२ जेठ ।“दिगो शान्तिका लागि उन्नत सम्बन्ध“ भन्ने मूल नाराका साथ झापाको दमक नगरपालिका वडा नं. ५ मा मेलमिलाप केन्द्रबाट हुने विवाद निरूपण तथा संशोधित कानुन सम्बन्धी एक दिवसीय जनचेतना कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा शुक्रबार धनेश्वर सहकारीको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

समाजमा थोरै खाएर पनि आपसी मेलमिलाप र सद्भावका साथ बाँच्नु, ठूलो सम्पत्तिको लोभमा द्वन्द्व गर्नुभन्दा कैयौँ गुणा उत्तम हुन्छ भन्ने भावना जागृत गराउँदै वडावासीमा कानुनी सचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। समयसापेक्ष रूपमा न्यायिक सम्पादनका प्रक्रियाहरू परिमार्जन र विकसित हुँदै गएकाले स्थानीय नागरिकलाई यसबारे सुसूचित गराउनु कार्यक्रमको मुख्य लक्ष्य थियो। कार्यक्रममा अधिवक्ता नवीन खतिवडाले कानुनी प्रावधान र मेलमिलापका विविध पक्षबारे प्रशिक्षण दिनुभएको थियो। “न्याय नपाए गोर्खा जानु“ भन्ने ऐतिहासिक भनाइलाई स्मरण गर्दै स्थानीय तहमै सहज न्यायको पहुँच पु¥याउन यो कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै कमल कुमार श्रेष्ठले नेपालमै सबैभन्दा बढी मेलमिलापकर्ता उत्पादन गर्न दमक नगरपालिका सफल भएको जानकारी दिनुभएको छ। दमकका १० वटै वडा मध्ये ५ नम्बर वडाका मेलमिलापकर्ताहरू सबैभन्दा अब्बल र प्रभावकारी रहेको आफूले अनुभव गरेको उहाँले बताउनुभयो।

वडा नं. ५ को मेलमिलाप केन्द्र विवाद समाधानमा निकै सफल देखिएको छ। मेलमिलाप समितिका संयोजक टेक बहादुर बुढाथोकीका अनुसार, आर्थिक वर्ष २०८१ साउनदेखि २०८२ असारसम्म केन्द्रमा आएका १९ वटा विवाद मध्ये १२ वटामा सहमति कायम भएको थियो भने बाँकी ७ वटा विवादलाई न्यायिक समितिमा पठाइएको थियो। त्यस्तै, चालू आर्थिक वर्ष २०८२ साउनदेखि २०८३ जेठ १५ गतेसम्म ७ वटा विवाद दर्ता भई समाधानका प्रक्रियामा रहेका छन्। संयोजक बुढाथोकीले अदालतमा विवाद सल्टाउन प्रमाणको आवश्यकता पर्ने तर मेलमिलाप केन्द्रमा दुवै पक्षको भावना र मानवीय पक्षलाई हेरेर आपसी सहमतिका आधारमा विवाद निरूपण गरिने दाबी गर्नुभएको छ।

सानोतिनो समस्या पर्नासाथ प्रहरी चौकी धाउने प्रवृत्तिका कारण कतिपय अवस्थामा प्रहरीले नै वडा कार्यालयमा पठाउने गरेको उदाहरण दिँदै वडाध्यक्ष इन्द्रबहादुर गुरुङले असल समाज र असल नागरिक निर्माणमा मेलमिलाप संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताउनु भएको छ। वडामा दर्ता हुने मुद्दाको चाप कम गर्न र समाजमा स्थायी शान्ति एवंम मेलमिलापको वातावरण सिर्जना गर्न यो कार्यक्रमले ठूलो सहयोग पुग्ने अपेक्षा राखेको उहाँले व्यक्त गर्नुभएको छ।

स्थानीय नागरिकहरूमा आफूलाई आइपरेका विवादहरू समाधानका लागि कहाँ जाने भन्ने अलमल हटाउन यो कार्यक्रम निकै फलदायी बनेको छ। दमक नगरपालिकाको न्यायिक समिति, स्थानीय सरकारको न्यायालय, प्रहरी र मेलमिलापकर्ताहरूले हेर्ने मुद्दाहरूको प्रकृति कस्तो हुन्छ र उनीहरूको कानुनी अधिकार क्षेत्र के–के हुन् भनी प्रष्ट पार्न यस सचेतना कार्यक्रमले ठूलो सहयोग पु¥याएको छ।
कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरू, दमकका १० वटै वडाका मेलमिलापकर्ताहरू, कानुनविद् तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी