दमक नगरपालिकालाई राप्रपाको २२ बुँद्धे ज्ञापनपत्र

दमक,२२ जेठ । राष्ट्रिय राजनीतिमा बलियो उपस्थितिको रूपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको दमक नगरपालिकाका जनताका विविध समस्याहरू समाधान गर्न माग गर्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। राप्रपाको प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमिति (क्षेत्र नं. ५ ’ख’) को नेतृत्वमा शुक्रबार दमक नगरपालिकाका मेयर रामकुमार थापालाई २२ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो।

राप्रपाले झापा जिल्लाका सबै १५ वटै स्थानीय तहमा जनताका जल्दाबल्दा समस्याहरू उठाउँदै ज्ञापनपत्र बुझाउने अभियान अन्तर्गत दमकमा पनि यो कार्यक्रम गरेको हो। नगरपालिकाले सम्बोधन गर्न सक्ने स्थानीय विषयहरू तत्काल पूरा गर्न र पालिकाको क्षेत्राधिकार भन्दा बाहिरका विषयमा सम्बन्धित माथिल्लो निकायमा ध्यानाकर्षण गराइदिन राप्रपाले जोडदार माग गरेको छ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता, कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सबैको अनुहारमा आफ्ना दैनिक समस्याहरू अब भने सम्बोधन हुने हुन् कि भन्ने आशा र उत्सुकता प्रष्ट देखिन्थ्यो।

पछिल्लो समय परिवर्तन भएको राष्ट्रिय राजनीतिक समीकरण र सरकारका नीतिहरूका कारण आम जनताका समस्याहरू थप जटिल बन्दै गएको राप्रपाको ठहर छ। देशको बिग्रँदो अवस्थाका कारण सर्वसाधारण जनता ठूलो मर्कामा परेको भन्दै राप्रपा प्रदेश सभा ’ख’ को सचिव अर्जुन रेग्मीले जनतालाई राहत दिनका लागि २२ बुँदे मागसहित ध्यानाकर्षण गराइएको बताउनुभयो।

ज्ञापनपत्र बुझ्दै दमक नगरपालिकाका मेयर राम कुमार थापाले राप्रपाले उठाएका मागहरू प्रति सकारात्मक प्रतिक्रिया दिनुभएको छ। नगरपालिकासँग सीमित स्रोत–साधन हुने भएकाले कतिपय कामहरू इच्छा हुँदाहुँदै पनि तत्कालै गर्न नसकिने अवस्था रहने उल्लेख गर्दै मेयर थापाले बजेट र नीति तथा कार्यक्रम निर्माणको चरण चलिरहेको छ ।एउटा जिम्मेवार राजनीतिक दलले नागरिकका समस्या ल्याउनु सकारात्मक भएको बताउनुभएको छ। जिल्लाभरि नै सञ्चालित यो अभियान र यसका मागहरूप्रति उच्च संवेदनशीलता देखाउँदै मेयर थापाले यी मागहरू पूरा गर्न दमक नगरपालिका पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

जनताका दैनिक समस्यासँग जोडिएका यस्ता विषयमा राजनीतिक दलहरूले रचनात्मक दबाब दिने र स्थानीय सरकारले त्यसलाई सकारात्मक रूपमा लिएर कार्यान्वयन गर्ने हो भने पक्कै पनि सुशासन र विकासमा ठूलो टेवा पुग्ने देखिन्छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अयोध्या हवाई सेवा सुरु गर्न मुख्यमन्त्री यादवको आग्रह

जनकपुर ,८ मंसिर। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामदेखि भारतको अयोध्यासम्म हवाई सेवा सुरु हुनु पर्नेमा जोड दिनु भएको छ।अयोध्याबाट जनकपुरधाम आईपुगेको सरयू कमला

भारत भ्रमणमा बालेनः संसदमा चर्को अडान, मोदीसँगको वार्तामा लिपुलेकको प्रसंगै उठेन

काठमाडौँ,८ मंसिर । प्रधानमन्त्री बालेन शाहले कालापानी, लिपुलेकको सीमा विवादबारे सार्वजनिक रूपमा जे बोल्दै आँउनु भएको थियने, त्यसलाई भारतसँगको द्विपक्षीय वार्तामा उठाउन नसकेको खुलेको छ।

लाईफ लाइनले प्रथम नागरिक धिमाल जातीलाई सेवामा ठूलो छुट दिने

दमक,मंसिर ८। दमकका प्रथम नागरिक धिमाल जातीहरूलाई लाईफ लाइन अस्पताल दमकले दिने सेवामा २२ प्रतिशत छुट सुविधा दिने सहमति भएको छ ।लाईफ लाइन अस्पताल र

कोशीका मुख्यमन्त्री कार्की र स्विस राजदूतबिच भेटवार्ता

विराटनगर ,८ मंसिर। स्विस राजदूत डा. ड्यानियल म्युवली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबिच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटघाट भएको छ ।भेटघाटमा दुई

डिसेम्बर १६ मा स्वदेश फर्किने शेख हसिनाको घोषणा

काठमाडौं,८ मंसिर। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा दुई वर्षभन्दा बढी समय निर्वासनमा बिताएपछि आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने इच्छा व्यक्त गर्नु भएको छ। उहाँले

अयोध्या–जनकपुरधाम रेल सेवा सुरु, यात्रुलाई भव्य स्वागत

जनकपुरधाम,८ मंसिर। भगवान रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई सीधा रेल सेवाले जोड्ने उद्देश्यसहित सञ्चालनमा आएको ‘सरयू—कमला एक्सप्रेस’ मार्फत पहिलोपटक अयोध्याबाट जनकपुरधाम आइपुगेका