भारतमा नरेन्द्र मोदीको नयाँ इतिहास: नेहरूको रेकर्ड तोड्दै बने सबैभन्दा लामो समय सेवा गर्ने ‘निर्वाचित’ प्रधानमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा सबैभन्दा लामो समयसम्म लगातार निर्वाचित प्रधानमन्त्री बन्ने ऐतिहासिक रेकर्ड कायम गरेका छन्। २६ मे २०१४ मा पहिलोपटक प्रधानमन्त्रीको रूपमा शपथ लिएका मोदीले आज बुधबार (१० जुन) प्रधानमन्त्रीको रूपमा लगातार ४ हजार ३९९ दिनको कार्यकाल पूरा गरेका हुन्। यो प्रधानमन्त्रीको रूपमा मोदीको लगातार तेस्रो कार्यकाल हो।

भारतीय सञ्चार माध्यमहरूका अनुसार यसअघि यो रेकर्ड देशका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको नाममा थियो। भारतको संविधान लागू भएपछि सन् १९५२ मा भएको पहिलो आम निर्वाचनमार्फत निर्वाचित भएर नेहरूले १३ मे १९५२ देखि २७ मे १९६४ (मृत्युपर्यन्त) सम्म लगातार ४ हजार ३९८ दिन प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए।

यद्यपि, जवाहरलाल नेहरूको समग्र कार्यकाल (सन् १९४७ को अन्तरिम सरकार सहित) १६ वर्ष २८६ दिन अर्थात् कुल ६ हजार १३० दिन रहेको छ। तर, देशमा संविधान लागू भएर ‘निर्वाचित’ भएको अवधिलाई मात्र गणना गर्दा नरेन्द्र मोदीले नेहरूको लगातारको कार्यकालको रेकर्डलाई उछिनेका हुन्। गैर-कांग्रेस पृष्ठभूमिका नेतामा मोदी यसअघि नै सबैभन्दा लामो समय देशको नेतृत्व गर्ने प्रधानमन्त्री बनिसकेका छन्।

यस ऐतिहासिक अवसरमा प्रधानमन्त्री मोदीले इन्स्टाग्राममा एक पोस्ट साझा गर्दै लेखेका छन्, “सार्वजनिक सेवा सुशासनको सबैभन्दा ठूलो परीक्षा हो। नम्रता, समर्पण र भक्तिका साथ निरन्तर काम गर्ने व्यक्तिले मात्र जनताको विश्वास कमाउँछ।”

यसअघि, आफ्नो नेतृत्वमा सरकारको १२ वर्ष पूरा भएको अवसरमा पनि उनले राष्ट्र निर्माणप्रतिको संकल्प दोहोर्‍याएका थिए। उनले लेखेका थिए, “विगत १२ वर्षदेखि ‘सबका साथ, सबका विकास’ को भावनाबाट प्रेरित निरन्तर प्रयासहरूमार्फत हामी एक बलियो र आत्मनिर्भर भारततर्फ अघि बढिरहेका छौं।” मोदीको यो कार्यकाललाई भारतीय राजनीतिमा ‘मजबुत’ र ‘निर्णायक’ कालखण्डका रूपमा हेरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाल–भारत सीमा क्षेत्रमा करेन्ट लागेर जंगली हात्तीको मृत्यु

झापा, ९ मंसिर । नेपाल– भारत सीमा क्षेत्रमा करेन्ट लागेर एउटा जंगली हात्ती मरेको छ ।भारत पश्चिम बंगालको खोरीवारीको चन्नाजोत भन्ने ठाउँमा करेन्ट लागेर पोथी

विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति

काठमाडौँ,९ मंसिर । सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको

नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव

काठमाडौं,९ मंसिर । अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको पुँजी वृद्धि गर्दै लगानीका क्षेत्र तथा वित्तीय उपकरणको दायरा विस्तार गर्ने प्रस्ताव गरिएको बताँउनु भएको छ

मिडिया माथिको हस्तक्षेपविरुद्ध पत्रकारहरू आन्दोलनमा

काठमाडौँ,९ मंसिर । विभिन्न मिडिया हाउसमा प्रहरीको हस्तक्षेपविरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । ‘पत्रकारलाई पटकपटक हैन, एकैपटक सामुहिक गिरफ्तार गर’ भन्दै उनीहरूले काठमाडौँ, भक्तपुर र

बेपत्ता युवतीको खोजी गर्न माग गर्दै दुहबीमा चक्काजाम

दुहबी,९ मंसिर । ईलाका प्रहरी कार्यालयअगाडि टायर बालेर सुनसरीको दुहबीका स्थानीयले बिरोध प्रदर्शन गरेका छन् । छोरी बेपत्ता भएको १ महिना बितिसक्दा समेत किटानी जाहेरीउपर

लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान

काठमाडौं,९ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहले लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्याय सुनिश्चित गर्न सबै पक्षलाई

ओलीले राजीनामा मागेपछि मुख्यमन्त्री कार्की अप्ठ्यारोमा, नेकपाले दियो नछोड्न सुझाव

विराटनगर,९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेर पदबाट राजीनामा दिन आग्रह गरेपछि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की अप्ठ्यारोमा पर्नु भएको छ ।उहाँले