पार्टी यतिबेला चुनौतीपूर्ण अवस्थामामा छ डा।महत

काठमाडौं,२८ जेठ । नेपाली कांग्रेसका नेता डा। प्रकाश शरण महतले पार्टी यतिबेला चुनौतीपूर्ण अवस्थामा रहेको दाबी गर्नुभएको छ ।

आज बिहीबार आफ्नै निवास बुढानिलकण्ठमा आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उहाँले कांग्रेसको परम्परागत जनाधार खस्किएको भन्दै पार्टीलाई पुनः सशक्त र लोकप्रिय बनाउने अभियानमा वृहत् एकता आवश्यकता रहेको बताउनु भयो ।

उहाँले पार्टीभित्र १५औँ महाधिवेशन नियमित रूपमा गर्नुपर्ने पक्षधर समूह र विशेष अधिवेशनमार्फत नेतृत्वमा पुगेका समूहबीच देशभर मनोवैज्ञानिक खाडल विद्यमान रहेको बताउनु भयो । उहाँले यस्तो अवस्था कायम रहे पार्टी अझ कमजोर बन्नसक्ने चेतावनी दिँदै उहाँले आन्तरिक समझदारी र सहकार्यको आवश्यकता औँल्याउनु भयो ।

उहाँले भन्नु भयो, ‘नेपाली कांग्रेस पार्टीको चुनौतीपूर्ण घडीमा रहेको छ । पार्टीको जुन जनधार थियो, त्यो अहिले खस्केको अवस्था छ । पार्टीको १५औँ महाधिवेशन नियमित गर्ने भन्ने एउटा पक्षका साथीहरू र विशेष अधिवेशनमा भाग लिएर एउटा नेतृत्वमा पुगेका व्यक्तिहरू बिचमा देशभरी एउटा मनोवैज्ञानिक खाडल विद्यमान छ ।’

उहाँका अनुसार वृहत् एकताका लागि १५औँ महाधिवेशनको निष्पक्षता, पारदर्शिता, स्वामित्व र सहभागिता सुनिश्चित हुनुपर्छ । त्यसका लागि नियमित महाधिवेशनको पक्षमा रहेका नेता र विशेष अधिवेशनबाट निर्वाचित नेतृत्वबीच सहमति र समझदारी आवश्यक रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘वृहत् एकताको लागि १५औँ महाधिवेशनको निष्पक्षे निष्पक्षता, पारदर्शिता, स्वामित्व र सहभागिता सुनिश्चित हुन आवश्यकता रहेको छ । त्यसको लागि नियमित अधिवेशन नेतृत्व गरेका साथीहरू र विशेष अधिवेशन लागि निर्वाचित भएका साथीहरू एउटा समझदारी हुन जरुरी छ ।’

महतले आगामी १५औँ महाधिवेशन निष्पक्ष र विश्वसनीय ढंगले सम्पन्न हुने सुनिश्चितता हुनसके मात्रै पार्टीभित्रको विश्वास बलियो बन्ने र कांग्रेस पुनः सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनमा अनाथ बालबालिकालाई खुसीको उपहारः व्यवसायी न्यौपानेको उदाहरणीय कार्य

दमक,२८ जेठ । आफ्नो जन्मदिनलाई भड्किलो र खर्चिलो तरिकाले मनाउने आधुनिक संस्कार बढिरहेका बेला झापाको कमल गाउँपालिकाका एक व्यवसायीले भने अनाथ बालबालिकाहरूसँग बसेर आत्मीय रूपमा

युवा नेतृत्व र विश्वनागरिकता विकासका लागि झापामा पहिलो पटक SMUN 1.0 आयोजना हुँदै

दमक,जेठ २८ । झापाको कमल गाउँपालिका–५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कुलले युवा नेतृत्व, कूटनीति तथा विश्वनागरिकताको विकास गर्ने उद्देश्यसहित पहिलो पटक स्मारिका मोडेल युनाइटेड नेसन्स

कागजमा अधिकार र व्यवहारमा विभेद कायम रहनु राज्यको कमजोरी हो : सांसद घतानी

काठमाडौं,२८ जेठ । नेकपा एमालेकी सांसद निता घतानीले जातीय विभेदका कारण दिपा नेपाली ५४ दिनदेखि सडकमा सत्याग्रहमा बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो

पार्टी यतिबेला चुनौतीपूर्ण अवस्थामामा छ डा।महत

काठमाडौं,२८ जेठ । नेपाली कांग्रेसका नेता डा। प्रकाश शरण महतले पार्टी यतिबेला चुनौतीपूर्ण अवस्थामा रहेको दाबी गर्नुभएको छ । आज बिहीबार आफ्नै निवास बुढानिलकण्ठमा आयोजित

विश्वकप २०२६ महाकुम्भ सुरु हुँदैः कुन–कुन स्टार खेलाडी देखिने छैनन् ?

काठमाडौं,२८ जेठ । विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप २०२६ आज मध्यरातिबाट मेक्सिकोमा सुरु हुँदैछ । ४८ टोली, अमेरिका, मेक्सीको र क्यानडाका १६ आयोजक सहर

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको