युवा नेतृत्व र विश्वनागरिकता विकासका लागि झापामा पहिलो पटक SMUN 1.0 आयोजना हुँदै

दमक,जेठ २८ । झापाको कमल गाउँपालिका–५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कुलले युवा नेतृत्व, कूटनीति तथा विश्वनागरिकताको विकास गर्ने उद्देश्यसहित पहिलो पटक स्मारिका मोडेल युनाइटेड नेसन्स (SMUN 1.0) आयोजना गर्ने भएको छ।आगामी जेठ २९, ३० र ३१ गते विद्यालय परिसरमा सञ्चालन हुने सम्मेलन कमल गाउँपालिकाकै पहिलो तथा एकमात्र मोडेल युनाइटेड नेसन्स कार्यक्रम रहेको विद्यालयले जनाएको छ। “Empowering Young Minds Through Diplomacy, Dialogue and Global Cooperation for a Sustainable, Healthy and Equitable Future” भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनमा झापा र मोरङका ८ विद्यालयका ५० भन्दा बढी विद्यार्थी प्रतिनिधिहरू सहभागी हुनेछन्।

सम्मेलनअन्तर्गत सहभागी विद्यार्थीहरूले UN Women, United Nations Environment Assembly (UNEA), World Health Organization (WHO) तथा International Press Corps (IPC) का विभिन्न समितिहरूमा प्रतिनिधित्व गर्दै समसामयिक विश्वव्यापी विषयहरूमा अनुसन्धान, बहस, कूटनीतिक वार्ता तथा प्रस्ताव निर्माण प्रक्रियामा सहभागिता जनाउनेछन्।

विद्यालयका अनुसार सम्मेलनले विद्यार्थीहरूमा विश्वव्यापी मुद्दाप्रतिको बुझाइ, नेतृत्व क्षमता, सार्वजनिक वक्तृत्वकला, अनुसन्धान सीप तथा सहकार्यको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

नवप्रवर्तनमुखी शिक्षामा जोड
विगत १६ वर्षदेखि स्मारिका सामुदायिक बोर्डिङ स्कुलले परम्परागत शिक्षण प्रणालीभन्दा फरक अभ्यासमार्फत विद्यार्थीहरूको समग्र विकासमा जोड दिँदै आएको छ। विद्यालयमा STEAM आधारित शिक्षा, Guided Reading Program, Writer’s Workshop, Student Quality Circle (SQC), AI, Coding and Robotics, Scout, Junior Red Cross, Readers Club तथा Eco Club लगायतका कार्यक्रम सञ्चालनमा छन्।

विद्यालयका प्रधानाध्यापक गणराज गिरी का अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा समालोचनात्मक चिन्तन, समस्या समाधान क्षमता, नेतृत्व विकास र जीवनोपयोगी सीप अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुर्‍याएका छन्।
SEE नतिजामा पनि उत्कृष्ट
विद्यालयले सञ्चालन गरेका नवप्रवर्तनमुखी कार्यक्रमहरूको सकारात्मक प्रभाव शैक्षिक उपलब्धिमा समेत देखिएको छ। शैक्षिक सत्र २०८१ को SEE परीक्षामा विद्यालयले कमल गाउँपालिकाभित्र सर्वाधिक GPA 3.96 प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेको थियो।
त्यसैगरी शैक्षिक सत्र २०८२ को SEE परीक्षामा सहभागी ३७ जना विद्यार्थीमध्ये विद्यालयको इतिहासमै पहिलो पटक ९ जनाले GPA 4.0 प्राप्त गरेका छन्। साथै ३० जनाले GPA 3.6 देखि 4.0 र ७ जनाले GPA 3.2 देखि 3.6 सम्म प्राप्त गर्न सफल भएका छन्।

विश्वस्तरीय नेतृत्व निर्माणको प्रयास
विद्यालयले SMUN 1.0 लाई केवल शैक्षिक कार्यक्रम मात्र नभई भावी कूटनीतिज्ञ, नीतिनिर्माता, अनुसन्धानकर्ता, सञ्चारकर्मी तथा जिम्मेवार विश्वनागरिक निर्माण गर्ने साझा अभियानका रूपमा लिएको जनाएको छ।
प्रधानाध्यापक गिरीले भन्नुभयो, “आजको अन्तरसम्बन्धित विश्वमा युवाहरूलाई ज्ञानको उपभोक्ता मात्र नभई परिवर्तनका संवाहकका रूपमा विकास गर्न आवश्यक छ। SMUN जस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व, अनुसन्धान क्षमता, कूटनीतिक सोच र विश्वव्यापी दृष्टिकोण विकास गर्न महत्वपूर्ण भूमिका खेल्छन्।”

विद्यालयले सम्मेलन सफल बनाउन सहयोग गर्ने विद्यालय, शिक्षक, अभिभावक, विभिन्न संघसंस्था तथा सञ्चारमाध्यमप्रति आभार व्यक्त गर्दै कार्यक्रमको व्यापक प्रचार–प्रसारका लागि सहयोग गर्न आग्रह गरेको छ।
“Today’s Delegates, Tomorrow’s Global Leaders.” भन्ने नारासहित सञ्चालन हुन लागेको सम्मेलनले झापामा विश्वनागरिकता र युवा नेतृत्व विकासको नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय