जन्मदिनमा अनाथ बालबालिकालाई खुसीको उपहारः व्यवसायी न्यौपानेको उदाहरणीय कार्य

दमक,२८ जेठ । आफ्नो जन्मदिनलाई भड्किलो र खर्चिलो तरिकाले मनाउने आधुनिक संस्कार बढिरहेका बेला झापाको कमल गाउँपालिकाका एक व्यवसायीले भने अनाथ बालबालिकाहरूसँग बसेर आत्मीय रूपमा जन्मदिन मनाउनु भएको छ। लामो समयदेखि मलेसियालाई आफ्नो कर्मथलो बनाएर व्यवसाय गर्दै आउनुभएका कमल गाउँपालिका निवासी डिल्ली न्यौपानेले आफ्नो जन्मदिनको अवसरमा परोपकारी कार्य गर्नुभएको हो।

 

हाल नेपाल आउनुभएका न्यौपानेले आफ्नो परिवारसहित दमक–९ मा रहेको अनाथ बाल–वृद्धाश्रममा पुगेर त्यहाँ रहेका साना बालबालिकाहरूलाई विभिन्न प्रकारका मीठा र पोसिला खानेकुराहरू खुवाउनु भएको छ। जन्मदिनको अवसरमा व्यवसायी न्यौपानेले आश्रमका बालबालिकाहरूका लागि दैनिक रूपमा आवश्यक पर्ने खाजा तथा खाद्य सामग्रीसमेत सहयोग हस्तन्तरण गर्नुभएको छ।

 

न्यौपानेले आफ्नै हातबाट मिठा परिकारहरू पस्किएर खुवाउँदा आश्रमका साना नानीबाबुहरूको मुहारमा छुट्टै उत्साह र खुसी छाएको थियो। बालबालिकाहरूको त्यो अबोध र प्रफुल्लित मुहार देख्दा न्यौपाने परिवारमा पनि एउटा बेग्लै आत्मसन्तुष्टि र खुसी सञ्चार भएको देखिन्थ्यो।

 

लामो समय परदेशमा रहे पनि आफ्नो गाउँठाउँ र समाजप्रतिको उत्तरदायित्वलाई भुल्न नसकिने बताउँदै व्यवसायी डिल्ली न्यौपानेले नेपाल आएको मौकामा अनाथ र असहाय बालबालिकाहरूलाई थोरै भए पनि सहयोग पुगोस् र उनीहरूको ओठमा हाँसो आओस् भन्ने पवित्र मनसायले यो कार्य गरेको बताउनुभयो। जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरेर यस्ता सामाजिक र मानवीय कार्यमा लगाउन सके समाजमा सकारात्मक सन्देश जाने उहाँको भनाइ छ।

 

यस उदाहरणीय कार्यले समाजका अन्य व्यक्तिहरूलाई पनि आफ्नो उत्सव तथा सामाजिक कार्यक्रमहरूमा असहाय र विपन्न वर्गलाई सम्झिन प्रेरणा मिल्ने विश्वास गरिएको छ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको