दमक बहुमुखी क्याम्पसमा ‘एकेडेमिया–इन्डस्ट्री डायलग प्रोग्राम’ सुरु

दमक,२९ जेठ । के केवल किताबी ज्ञान र सर्टिफिकेटले मात्रै आजको आधुनिक र प्रतिस्पर्धी बजारमा टिक्न सकिएला? पक्कै पनि सकिँदैन। यही यथार्थलाई बुझेर झापाको प्रतिष्ठित दमक बहुमुखी क्याम्पसमा विद्यार्थीहरूको व्यावसायिक भविष्य उज्यालो बनाउने एउटा विशेष र प्रयोगात्मक प्रयास सुरु भएको छ।

विश्वविद्यालय अनुदान आयोग ( UGC ) सनोठिमी, भक्तपुरको सहयोगमा दमक बहुमुखी क्याम्पसको आयोजनामा जेठ २८ गतेदेखि सुरु भएको तिन दिने विशेष ‘एकेडेमिया–इन्डस्ट्री डायलग प्रोग्राम’ भव्य रूपमा सुरु भएको छ।  जेठ ३० गते (जुन १३) सम्म चल्ने यस कार्यक्रमको मुख्य उद्देश्य नै क्याम्पसको भुइँ र उद्योग–व्यवसायको वास्तविक बजारबीचको दूरीलाई कम गर्नु हो।

पहिलो दिनकै कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक र सक्रिय सहभागिता देखिएको छ। आधुनिक बजारमा कस्तो जनशक्तिको माग छ र आफूलाई कसरी योग्य बनाउने भन्ने उत्सुकता विद्यार्थीहरूको अनुहारमा प्रस्टै झल्किन्थ्यो। कार्यक्रममा विज्ञहरूले विद्यार्थीहरूलाई भोलिका दिनमा उद्यमशीलता कसरी अंगाल्ने र बजारको प्रतिस्पर्धामा कसरी अब्बल ठहरिने भन्नेबारे महत्वपूर्ण मार्गनिर्देशन गरिरहनुभएको छ।
यसैबीच, दमक बहुमुखी क्याम्पसका लागि अर्को एउटा खुसीको खबर पनि बाहिर आएको छ। यो क्याम्पस अबको दुई वर्षभित्र आफैँमा एउटा पूर्ण विश्वविद्यालय बन्दैछ। विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कन र नेपाल सरकारको नीति अनुसार यो क्याम्पस देशभरिकै उत्कृष्ट क्याम्पसहरूको सूचीमा दोस्रो स्थानमा स्थापित भइसकेको क्याम्पसका वरिष्ठ प्राध्यापक डा. गोविन्द प्रसाद गुराँगाईले दाबी गर्नुभएको छ।

किताबी ज्ञान र सर्टिफिकेटले मात्रै के आजको बजारमा प्रतिस्पर्धा गर्न सकिएला? पक्कै पनि सकिँदैन। यस्तै महत्वपूर्ण विषयमा जोड दिँदै कार्यकारी समितिका सदस्य डुन्डीराज भण्डारीले विद्यार्थीहरूमा सिर्जनशीलता र प्रयोगात्मक सीपको विकास हुन जरुरी रहेको बताउनुभएको छ। अहिलेका विद्यार्थीहरूले किताबमा मात्रै पढ्ने तर व्यावहारिक सीपको कमी हुँदा शैक्षिक योग्यता हासिल गरेपछि पनि ’अब के गर्ने?’ भन्ने अन्योलमा पर्ने गरेको उहाँको भनाइ छ। सीप नहुँदा युवाहरूमा आत्मविश्वास कमजोर हुने र सजिलै वैदेशिक रोजगारीको बाटो रोज्ने प्रवृत्ति बढेको छ।

“हाम्रो वर्तमान पाठ्यक्रम र व्यावसायिक क्षेत्रको वास्तविक आवश्यकता बीच कहाँ निर (ग्याप) छ? अब त्यसलाई सूक्ष्म रूपमा पहिचान गरेर मात्र औद्योगिक क्षेत्रको वास्तविक योजना बनाउन सकिन्छ। यसै सन्दर्भमा वरिष्ठ प्राध्यापक डा. गोविन्द प्रसाद गुराँगाई दाबी गर्नुहुन्छ— केवल सैद्धान्तिक कुराले मात्र पुग्दैन, यस्ता रचनात्मक कार्यक्रमहरूमा विद्यार्थीहरूको सक्रिय सहभागिता र संवादले मात्रै शिक्षा र उद्योगको यो खाडललाई पुरेर सही निष्कर्षमा पु¥याउन सक्छ।“

 

किताबी ज्ञानलाई व्यवहारमा उतार्न र दक्ष जनशक्ति निर्माण गर्न दमक बहुमुखी क्याम्पसले चालेको यो कदम वास्तवमै प्रशंसनीय र उदाहरणीय रहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय