दमकका जनप्रतिनिधिको ४ वर्ष चुनावी वाचा, कति भए पूरा?

दमक,३१ जेठ।स्थानीय तहको निर्वाचन भएको चार वर्ष पूरा भई पाँचौँ वर्ष अर्थात(अन्तिम वर्ष) सुरु भइ सकेको छ। ’सिंहदरबारको अधिकार गाउँ–गाउँमा’ भन्ने नाराका साथ निर्वाचित हुनुभएका दमकका जनप्रतिनिधिहरूको कार्यकाल अब केवल एक वर्ष मात्र बाँकी छ। तर, यो चार वर्षको अवधि पूरा हुँदा दमकका आम नागरिकले जुन स्तरको परिवर्तनको आशा गरेका थिए, त्यो निराशामा परिणत भएको छ। “चार वर्षमा हुन नसकेको काम अबको एक वर्षमा होला त?“ भन्ने गम्भीर प्रश्न यतिबेला दमकबासीको मनमा उब्जिएको छ।

दमक नगरपालिका वडा नं. १० का सर्वसाधारणले अझै पनि वास्तविक विकासको अनुभूति गर्न पाएका छैनन्। साना–तिना कामका लागि पनि पटक–पटक वडा कार्यालय धाउँदा–धाउँदा थाकेका स्थानीय बासिन्दा यतिबेला आक्रोशित र निराश छन्। पेशाले जुत्ता, चप्पल, छाता र झोला मर्मत गर्ने स्थानीय श्रमजीवी व्यवसायी प्रेम बहादुर बसेल स्थानीय सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि पोख्नुहुन्छ।

चुनावका बेला राजनीतिक दल र उम्मेदवारहरूले शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्ने र युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्ने ठूला–ठूला आश्वासन बाँडेका थिए। तर, व्यवहारमा ती कुनै पनि कार्यक्रम प्रभावकारी हुन सकेनन्, जसका कारण आज पनि यहाँका युवाहरू रोजगारीका लागि विदेशिन वा भौंतारिन बाध्य छन्। दमक नगरपालिका वडा नम्बर ४ की स्थानीय बासिन्दा लक्ष्मी दर्नाल सरकारको यो सुस्त र निराशाजनक कार्यशैलीप्रति गुनासो गर्नुहुन्छ।

जनताको प्रश्न छ– चुनावका बेला बाँडिएका ती चिल्ला घोषणापत्रहरू अहिले कहाँ हराए? दमक–९ का व्यापारी प्रेम चुडालको बुझाइमा केही बाटोघाटो र बिजुली जस्ता भौतिक पूर्वाधारमा सामान्य काम भए पनि, देश र समाजको मुख्य जग मानिने स्वास्थ्य र शिक्षा क्षेत्र अझै पनि दयनीय अवस्थामा छ।

निर्वाचनका बेला मतदाताको घरदैलोमा पुगेर हात जोड्दै समृद्धिका सपना बाँड्ने नेताहरू, कुर्सीमा पुगेपछि जनताको सुख–दुःख बिर्सने पुरानै प्रवृत्ति दमकमा पनि दोहोरिएको स्थानीयको आरोप छ। दमक वडा नं. ४ का स्थानीय थाम बहादुर कुमालको गुनासोले यही तितो यथार्थलाई छर्लङ्ग पार्छ। लामो समयदेखि आफ्नो क्षेत्रमा कुनै ठोस परिवर्तन नदेख्नु भएका कुमाल भन्नुहुन्छ— “गर्ने भन्ने योजना त सुनिन्छ, तर कहिले हुन्छ, त्यो उहाँहरूकै हातमा छ। अहिले भएका बाटोघाटो पनि पहिलेकै हुन्, नयाँ केही भएको छैन।“

स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको अभिभावक हो। भौतिक पूर्वाधारका केही मसिना काम हुनु मात्रै पूर्ण विकास होइन। जबसम्म विपन्न, श्रमजीवी र आम नागरिकले शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँच पाउँदैनन्, तबसम्म लोकतन्त्र र स्थानीय सरकारको सार्थकता रहँदैन।
कार्यकालको यो अन्तिम एक वर्ष दमकका जनप्रतिनिधिहरूका लागि आत्मालोचना गर्ने र बाँकी रहेका प्रतिवद्धताहरू पूरा गरेर जनताको मन जित्ने अन्तिम अवसर हो। आशा गरौँ, बाँकी रहेको यो छोटो अवधिमा दमक सरकारले आश्वासन मात्र होइन, परिणाममुखी काम गरेर जनताको भरोसा पुनर्जीवित गर्नेछ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको