पपुलिजम र एनार्किजमले समाजलाई दिग्भ्रमित गर्छ : शंकर पोखरेल

काठमाडौं ,१ असार। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आजको समाजमा ‘पपुलिजम’ र ‘एनार्किजम’ को प्रभाव बढिरहेको भन्दै यी दुवै प्रवृत्तिले विचारधारात्मक विकास र भविष्यमुखी यात्रालाई सहयोग नगर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यलाई पद हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पपुलिजम र एनार्किजम दुवैले समाजलाई तत्कालीन मुद्दामा मात्र केन्द्रित गराउने र यथास्थितिमा राख्ने प्रयास गर्ने टिप्पणी गर्नु भएको छ ।

उहाँले भन्नु भयो,‘आजको हाम्रो समाजमा जे कुराको हावा चलिरहेको छ, त्यो कुराले पनि हामी प्रभावित भइरहेका छौँ । हाम्रो समाजमा दुईवटा चिजहरूको जबर्जस्त प्रभाव छ पपुलिजम र एनार्किजम । यी दुवै चिजले विचारधारालाई र भविष्यमुखी यात्रालाई सहयोग गर्दैनन्, बरु त्यसलाई निषेध गर्छन् ।’

पोखरेलले पपुलिजम र एनार्किजमले तत्कालीन मुद्दामा मात्र केन्द्रित गराउने र समाजलाई यथास्थितिमै राख्ने प्रवृत्ति देखाउने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पपुलिजम र एनार्किजमले तत्कालका मुद्दाहरूमा आफूलाई केन्द्रित गर्छन् र समाजलाई यथास्थितिमै राख्ने मान्यताको पैरवी गर्छन्। यी यथास्थितिका पोषक हुन् । तर उनीहरूले समाजलाई यति भ्रमित बनाउँछन् कि सबै समस्याको समाधान यिनै हुन् भन्ने जस्तो इम्प्रेशन दिन्छन् ।’

उहाँले वर्तमान राजनीतिक बहसमा पुरानाले गर्न सक्दैनन्, नयाँलाई मौका दिनुपर्छ भन्ने भाष्य निर्माण भइरहेको उल्लेख गर्दै त्यसप्रति टिप्पणी गर्नु भयो ।

पोखरेलले वैकल्पिक राजनीति प्रविधिको जगमा मात्र टिक्न नसक्ने बताउँदै विचारधारात्मक आधार आवश्यक रहेको पनि उल्लेख गर्नु भएको छ।

उहाँले भन्न्ुा भयो, ‘वैकल्पिक राजनीति प्रविधिको जगमा निर्माण भयो। तर यो दीर्घकालसम्म टिक्न सक्छ कि सक्दैन भन्ने प्रश्न छ । त्यसैले अब समाज फेरि विचारधारातर्फ फर्किनुपर्छ र फर्काउनुपर्छ । समय लाग्ला, तर समाज हिँड्ने बाटो त्यही हो ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु

बाहुनडाँगीका किसान हात्ती धपाउन ब्यास्त

झापा , १५ असार ।  दिनहुँ ४०–५० वटा जङ्गली हात्ती छावासहित गाउँ पसिरहेका छन्। चियाबारी र बस्तीमै दिनभर बस्ने हात्तीका कारण स्थानीयहरू ज्यान जोगाउन संघर्ष

कन्काई हस्पिटलमा एक सातासम्म ओपीडी निःशुल्क

बिर्तामोड,१५ असार । बिर्तामोडस्थित कन्काई हस्पिटलले २१औँ वर्षमा प्रवेश गरेको अवसरमा आज असार १५ देखि एक सातासम्म सम्पूर्ण ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ।

कन्काई हस्पिटलमा एक सातासम्म ओपीडी निःशुल्क!

बिर्तामोड,१५ असार । बिर्तामोडस्थित कन्काई हस्पिटलले २१औँ वर्षमा प्रवेश गरेको अवसरमा आज असार १५ देखि एक सातासम्म सम्पूर्ण ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ।

खासमा दही–चिउराको स्वास्थ्य फाईदा के ? जनस्वास्थ्यविद डा।उप्रेती के भन्नु हुन्छ, जान्नुहोस्

काठमाडौं,१५ असार । असार १५ अर्थात् दही–चिउरा खाने दिन नेपाली संस्कृति र स्वास्थ्य दुवैसँग जोडिएको विशेष अवसर हो । धान रोपाइँको व्यस्त मौसममा शरीरलाई आवश्यक