काठमाडाै २ असार। सांसद रेखा यादवले सरकारमाथि विभिन्न संवेदनशील विषयमा जानकारी लुकाउने र संसदप्रति गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाउनु भएकाे छ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले मानव अधिकारसम्बन्धी प्रतिवेदन लुकाइएजस्तै गृहमन्त्रीसँग सम्बन्धित प्रतिवेदन पनि सरकारले लुकाएको आरोप लगाउनु भएको हो ।
सांसद यादवले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति पनि कडा आपत्ति जनाउनु भएको छ । उहाँले मन्त्रीले संसदको रोष्टमबाट सांसदहरूलाई धम्क्याउने शैलीमा बोल्नु उपयुक्त नभएको बताउनु भएको छ।
उहाँले भन्नु भयो्,‘मानव अधिकारको रिपोर्ट जसरी लुकाइयो त्यसरी नै गृहमन्त्रीको रिपोर्ट पनि लुकाइएको छ । त्यस्तै,अर्थमन्त्रीज्यूको अभिव्यक्तिप्रति घोर आपत्ति जनाउन चाहन्छु । मन्त्रीले रोष्ट्रमबाट सांसदलाई थर्काउने होइन् । देशमा नियम कानुन छ, फाइल खोल्छु भन्दै धम्की दिन मिल्छ ? नियम, कानुन अन्तर्गत फाइल खोलेर कारवाही गर्ने हो आफ्नो बचाउको लागि धम्की दिने होइन् ।’
सीमा विवादको विषय उठाउँदै यादवले प्रधानमन्त्रीबाट अझै स्पष्ट र ठोस जवाफ नआएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ। उहाँले यसअघि परराष्ट्रमन्त्रीले दिएको जवाफ ढाकछोप मात्र भएको टिप्पणी गर्नु भयो।
प्रधानमन्त्रीको अभिव्यक्तिपछि सीमाक्षेत्रमा देखिएका गतिविधिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न समेत उहाँले सरकार संग गर्नु भएको छ ।
उहाँले भन्नुभएको छ्,‘प्रधानमन्त्रीले दिनुभएको सीमा सम्बन्धी विवादको ठोस् जवाफ कहिले आउँछ ? म सरकारसँग माग गर्न चाहन्छु । विगतमा केटाकेटीलाई ललिपप देखाएको जस्तो परराष्ट्रमन्त्रीले हामीलाई जवाफ दिनुभयो । त्यो सबैलाई थाहा छ । ढाकछोप गर्ने काम मात्र भएको हो ।
त्यसैगरी उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले ठेकेदारले काम नगरे ‘खुट्टा भाँचिदिने’भनेर अभिव्यक्ति दिएको विषयमा पनि आपत्ति जनाउनु भयो।









