एक निर्वाचनले ‘जबज’को भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

काठमाडौं,१४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) आजपनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ ।

आइतबार काठमाडौंमा आयोजित जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै भण्डारीले कुनै एक निर्वाचनको परिणामका आधारमा कम्युनिष्ट आन्दोलन वा जबजको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने धारणा राख्नु भयो ।

उहाँले नेपाली कम्युनिष्ट आन्दोलनका शीर्ष नेताहरूलाई एउटै मञ्चमा ल्याएर विचार विमर्श गराउनु समयसापेक्ष र सान्दर्भिक भएको बताउँदै यसले आन्दोलनको ऐतिहासिक समीक्षा र वर्तमान चुनौतीबारे साझा सोच निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

भण्डारीले सोभियत सङ्घको विघटन र पूर्वी युरोपका समाजवादी व्यवस्थाहरू पतन भएको कठिन अन्तर्राष्ट्रिय परिस्थितिमा मदन भण्डारीले नेपालको यथार्थअनुसार ‘जनताको बहुदलीय जनवाद’को मौलिक अवधारणा अघि सारेको स्मरण गर्नुभयो ।

‘त्यो अवधारणा तत्कालीन संकटको उत्तर मात्र थिएन, नेपालको आफ्नै वस्तुगत यथार्थबाट विकसित भएको मौलिक वैचारिक प्रस्ताव थियो,’ उहाँले भन्नु भयो ्।

उहाँले जनताको बहुदलीय जनवादले कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक आधारमा स्थापित गर्दै बहुदलीय प्रतिस्पर्धा, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र आवधिक निर्वाचनमार्फत समाजवादी रूपान्तरण सम्भव रहेको मान्यता स्थापित गरेको बताउनु भयो ।

भण्डारीले हालैको प्रतिनिधिसभा निर्वाचनको परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै त्यसकै आधारमा कम्युनिष्ट आन्दोलनको भविष्यको मूल्याङ्कन गर्न नहुने धारणा राख्नुभएको छ्।

उहाँले भनिन्,‘कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन।’

उहाँले बदलिँदो पुस्ता, डिजिटल युग, प्रविधिको विकास र युवाका नयाँ आकांक्षाअनुसार कम्युनिष्ट आन्दोलनले आफ्नो नीति, कार्यशैली र संगठनात्मक अभ्यासलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

‘रचनात्मकताको अभाव नै कम्युनिष्ट आन्दोलनको मूल समस्या हो भन्ने मदन भण्डारीको निष्कर्ष आज अझ सान्दर्भिक भएको अनुभव हुन्छ,’उहाँले भन्नु भयो ।

भण्डारीले गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सुशासन, उत्पादनमुखी अर्थतन्त्र र राष्ट्रिय आत्मनिर्भरताजस्ता विषयमा व्यवहारिक नीति विकास गर्न सके मात्रै कम्युनिष्ट आन्दोलन थप सुदृढ र लोकप्रिय बन्ने बताउनु भयो।

संविधान संशोधनबारे बोल्दै उहाँले संविधानलाई समयानुकूल परिमार्जन गर्न सकिने भए पनि त्यसका मूलभूत मूल्य, मान्यता र अन्तरवस्तुलाई कमजोर पार्ने गरी संशोधन गर्न नहुने स्पष्ट पारिन्। प्रत्यक्ष कार्यकारी शासन प्रणाली नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजका लागि उपयुक्त नहुने उहाँको भनाइ थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एक निर्वाचनले ‘जबज’को भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

काठमाडौं,१४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) आजपनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित

वामपन्थी शक्ति विभाजित हुँदा देश संकट तर्फ गयो : खनाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरू विभाजित हुँदा देशमा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताउनु भएको छ। आइतबार काठमाडौंमा

’जबज’ को महत्त्वदेखि पार्टी एकताबारे प्रचण्डको यस्तो स्मरण

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त

’कुराले चिउरा भिज्दैन’, व्यवहारमै कम्युनिस्ट एकता र सहकार्य आवश्यक छः नेपाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा, सहकार्य र सिद्धान्तनिष्ठ एकताको आधारमा अघि बढाउनुपर्ने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेसनले

प्रतिगमनविरुद्ध एकजुट हुन वामपन्थी शक्तिहरूलाई ओलीको आह्वान

काठमाडौं,१४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा धक्का खाए पनि समाप्त नभएको भन्दै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने बताउनु भएको छ।

श्रीमतीको उपचारका लागि ईनरदेवले मागे आर्थिक सहयोग

रौतहट,१४ असार । रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी निवासी ईनरदेव सहनी (अनिश) ले आफ्नी गम्भीर बिरामी पत्नीको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नु भएको छ्। उहाँकी