फिफा विश्वकप २०२६

उज्बेकिस्तान माथि कोलम्बियाको विजयी सुरुआत

काठमाडौं,४ असार । कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा विजयी सुरुआत गरेको छ। मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भएको समूह ‘के’ को खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरेका थिए। यता विश्वकपमा डेब्यु गरिरहेको उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले एक गोल फर्काए।

 

खेलको ४०औँ मिनेटमा डानिएल मुनोजले लुइस डियाजको पासमा वान–टच फिनिसिङ गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा उज्बेकिस्तानले उत्कृष्ट पुनरागमन गर्दै ६०औँ मिनेटमा बराबरी गोल ग¥यो। अब्बोसबेक फेजुल्लाएभले गोल गर्दै उज्बेकिस्तानका लागि विश्वकप इतिहासमा पहिलो गोल गर्ने खेलाडी बन्न सफल भएका छन् ।

 

बराबरीको खेलको केही समयमा नै लुइस डियाजले निर्णायक गोल गर्दै कोलम्बियालाई पुनः अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले गोल गर्दै कोलम्बियाको जित सुनिश्चित गरे। यस जितसँगै कोलम्बियाले समूह ‘के’ मा ३ अंक जोड्दै शीर्ष स्थान हासिल गरेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।