दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ ।
यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा अध्ययन गरिरहनुभएको छ भने यो नौलो कुरा नहुन सक्छ । तर नेपालमा भने यो नौलो अभ्यास हुन सक्छ ।
दमकमा रहेको दमक बहुमुखी क्याम्पसले अब “स्मोकिङ जोन” समेत बनाउने भएको छ ।

क्याम्पसलाई अन्तरास्ट्रिय मापदण्डमा पुर्याउन आवश्यक विभिन्न संचरना निर्माण मध्ये “स्मोकिङ जोन” समेत आवश्यक पर्ने भएकोले यसखाले संचरना बनाउन लागिएको दमक बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पारस आचार्यले जानकारी दिनु भयो । योसगै क्याम्पसहाता भित्रै बेग्लै “स्विमिङ पुल” समेत बनाउने गरि योजना अघि बढेको समेत उहाले जानकारी गराउनु भएको छ ।
बिहिवार दमक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको नव आगन्तुक विद्यार्थीलाई स्वागत सम्मान तथा फेरि भेटौला कार्यक्रममा क्यामपसका तर्फबाट बोल्दै प्राध्यापक आचार्यले क्यामपसले शैक्षिक साथै संरचनात्मक र भौतिक निर्माणमा समेत सुधार गर्दै अघि बढ्ने योजना सुनाउनु भएको थियो ।

 

यसै शैक्षिक सत्रदेखि स्नातक तहको बीबीएस कार्यक्रम अध्ययन गर्ने विद्यार्थीहरूको ट्रान्सक्रिप्ट क्याम्पस आफैले झिकाएर उपलब्ध गराउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो।
ट्रान्सक्रिप्ट प्राप्तिका लागि विद्यार्थीले अनावश्यक झन्झट बेहोर्नुपर्ने अवस्था अन्त्य गर्न तथा बिचौलियामार्फत हुने अतिरिक्त आर्थिक भार रोक्न यो व्यवस्था लागू गरिएको आचार्यको भनाइ छ।

उहाँका अनुसार विद्यार्थीले डिन कार्यालयमा बुझाउनुपर्ने आधिकारिक शुल्कबाहेक कुनै अतिरिक्त रकम तिर्नुपर्ने छैन। आवश्यक प्रक्रिया पूरा भएपछि क्याम्पसले नै ट्रान्सक्रिप्ट झिकाएर सम्बन्धित विद्यार्थीलाई वितरण गर्नेछ।
क्याम्पस प्रशासनले शैक्षिक गुणस्तर, आधुनिक पूर्वाधार र विद्यार्थी सेवाको प्रभावकारिता बढाउँदै संस्थालाई प्रतिस्पर्धी तथा आकर्षक शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गणेश नेपालीका दाइ भन्छनः ‘सरकारले सम्झौता कार्यान्वयन नगर्दा हामीसँग मर्नुको विकल्प छैन’

काठमाडौं ,१४ असोज। महानगर प्रहरीसँगको विवाद पछि काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीका दाइ मदन नेपालीले सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा समस्या भएको गुनासो

कांग्रेसको १५औं महाधिवेशन सुनसरीमा झडप,निर्वाचन प्रक्रिया स्थगित

सुनसरी ,१४ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनमा मतदानका क्रममा दुई पक्षबिच तीव्र विवाद र झडप भएपछि

फेरि अर्को वर्षाको सम्भावना,घटस्थापनासम्मै झरी

केही दिनअघिको अविरल वर्षा र बाढी(पहिरोको त्रास सेलाउन नपाउँदै मुलुकमा फेरि अर्को वर्षाको सम्भावना देखिएको छ। पश्चिमी वायुको प्रभावका कारण आगामी बिहीबारदेखि मौसम बदली भई

फ्लाइदुबईको जहाज अपहरण भन्ने खबर , बास्तबिकता भने फरक

दुबईबाट तेल अभिभतर्फ उडिरहेको फ्लाइदुबईको एक यात्रुवाही विमान दुई पाइलटहरूबिच ‘उग्र’ झडप भएपछि साउदी अरबतर्फ डाइभर्ट गरिएको स्रोतहरूले सीएनएनलाई बताएका छन्। सीएनएनले विश्लेषण गरेको उडान

आईपीओ स्वीकृति प्रक्रियामा ‘टाइमलाइन’ तोक्ने तयारी

काठमाडौं १४ असोज। नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृति प्रक्रियामा ‘टाइमलाइन’ तोक्ने तयारी गरेको छ । आईपीओ निष्कासनका लागि बोर्डमा आउने फाइल कुन

वीरगन्ज नाकामा चुनौती पुर्णबन्दै पोके तस्करी

वीरगन्ज ,१४ असोज। मुलुकको प्रमुख प्रवेशद्वारका रूपमा रहेको वीरगन्ज नाका पछिल्लो समय पोके तस्करी नियन्त्रणमा चुनौती बनेको छ । भारतबाट दैनिक उपभोग्य वस्तु, कपडा, मोबाइललगायतका