आईपीओ स्वीकृति प्रक्रियामा ‘टाइमलाइन’ तोक्ने तयारी

काठमाडौं १४ असोज। नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृति प्रक्रियामा ‘टाइमलाइन’ तोक्ने तयारी गरेको छ । आईपीओ निष्कासनका लागि बोर्डमा आउने फाइल कुन तहमा कति समय रहने र कुन प्रक्रियाबाट अघि बढ्ने भन्ने स्पष्ट पार्न ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) बनाउन लागिएको हो ।

बुधबार संघीय संसद्को अर्थ समितिको बैठकमा बोर्डका अध्यक्ष डा। गोपालप्रसाद भट्टले आईपीओ स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन एसओपी आवश्यक रहेको बताएका हुन् । उनका अनुसार बोर्डमा आईपीओसम्बन्धी फाइल विभिन्न तहमा अध्ययन तथा समीक्षाका लागि जाने भएकाले प्रत्येक तहको जिम्मेवारी र फाइल अघि बढाउने समयसीमा स्पष्ट पारिनेछ । यसबाट प्रक्रिया पूरा भएका फाइल अनावश्यक रूपमा लामो समय रोकिराख्ने अवस्था अन्त्य हुने बोर्डको अपेक्षा छ ।

‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर फर आईपीओ अप्रुभल बनाउँदैछौँ । बोर्डमा विभिन्न तह हुन्छन् । कुन फाइल कुन तहमा पुगेको छ र त्यहाँबाट कसरी अघि बढाउने भन्ने स्पष्ट प्रणाली बनाउँदैछौँ,‘ अध्यक्ष भट्टले समितिमा भन्नुभयो ।

अहिले आईपीओ स्वीकृतिका लागि कम्पनीले पेश गरेका कागजात तथा फाइल बोर्डभित्र विभिन्न तहबाट अध्ययन हुने गर्छन् । वित्तीय, कानुनी, प्राविधिक तथा अन्य आवश्यक पक्षको समीक्षा गरेपछि मात्र स्वीकृति प्रक्रियामा फाइल अघि बढ्ने व्यवस्था छ ।

अब बन्ने एसओपीमा फाइल कुन तहमा पुगेपछि के प्रक्रिया पूरा गर्नुपर्ने, सम्बन्धित तहको जिम्मेवारी के हुने र फाइल कति समयभित्र अर्को चरणमा पठाउने भन्ने विषयलाई व्यवस्थित गर्ने तयारी छ । अध्यक्ष भट्टले कानुनी वा अन्य समस्या नभएका फाइल अनावश्यक रूपमा रोकिराख्ने अवस्था अन्त्य गर्न खोजिएको बताउनु भयो ।

यसले आईपीओ स्वीकृतिको प्रक्रियामा कम्पनीले भोग्दै आएको अनिश्चितता कम गर्ने अपेक्षा गरिएको छ । यद्यपि स्वीकृतिको निश्चित अवधि तोक्नुअघि कम्पनीले पेश गर्ने कागजात, नियामकीय परीक्षण तथा अन्य निकायबाट आवश्यक पर्ने स्वीकृतिलाई समेत प्रक्रियामा समेट्नुपर्ने हुन्छ ।

बोर्ड अध्यक्ष भट्टले आईपीओ फाइल कुन तहमा पुगेको छ भन्ने जानकारी हुने गरी प्रणाली विकास गर्न लागिएको संकेत गरेका छन् । उनका अनुसार कम्पनीसँग सम्बन्धित वित्तीय तथा अन्य विवरणको समीक्षा, सरकारी निकायबाट आवश्यक स्वीकृति र बोर्डभित्र हुने परीक्षणलाई छुट्टाछुट्टै चरणमा व्यवस्थित गरिनेछ । फाइल सम्बन्धित तहमा पुगेपछि सोही तहबाट आवश्यक काम अघि बढाउने र प्रक्रिया पूरा भएपछि अर्को तहमा पठाउने व्यवस्था मिलाउने तयारी बोर्डको छ ।

आईपीओसँगै अन्य नियामकीय प्रक्रिया व्यवस्थित गर्ने योजना

अध्यक्ष भट्टले आईपीओ स्वीकृतिको प्रक्रियासँगै बोर्डका अन्य कामलाई पनि प्रक्रियागत रूपमा व्यवस्थित गर्ने बताउनु भयो । उहाँले पुँजी बजारमा कम्पनीहरूले लगानीकर्तालाई दिनुपर्ने सूचना तथा ‘डिस्क्लोजर’ समयमै उपलब्ध गराउनुपर्ने बताए । कम्पनीले नियामकीय दायित्व पूरा नगरे आवश्यक कारबाही गरिने उहाँको भनाइ छ ।

बोर्डले मार्जिन कारोबारको प्रणाली विस्तार, नयाँ वित्तीय उपकरणको विकास तथा साना लगानीकर्तालाई म्युचुअल फन्डमार्फत लगानीमा सहभागी गराउने विषयमा समेत काम गरिरहेको अध्यक्ष भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी दिनमा नयाँ नीति तथा कार्यप्रणाली बनाउँदा लगानीकर्ता, सूचीकृत कम्पनी, ब्रोकर तथा अन्य सरोकारवालासँग छलफल गरेर अघि बढाइनेछ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भैरहवा विमानस्थल चल्नेमा आशासँगै कार्यान्वयनको चिन्ता

रुपन्देही,८ मंसिर । नेपाल–भारतबीच हवाई रुटलाई दुईतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशा जगाएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र उत्साहित बनेको छ ।प्रधानमन्त्री बालेन्द्र

ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ

कन्काई , मंसिर ८ । लागूऔषध ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ परेका छन् ।आज मंगलबार दिउँसो १२ः३० बजे कन्काई नगरपालिका वडा नं.३ गोहीखाडीमा इलाका

कुमरखोद प्रहरी इन्चार्ज ढुङ्गाना ‘पुलिस अफ द मन्थ’ घोषित

झापा, ८ मंसिर । दक्षिणी सीमावर्ती नाकाबाट भित्रिने गरेको लागूऔषध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आएका इलाका प्रहरी कार्यालय कुमरखोदका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) सुबास

सुनकोसी–मरिण आयोजना रद्द भए मधेस आन्दोलित हुने सांसद झाको चेतावनी

काठमाडौं,८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आयोजना अलपत्र पार्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गर्नु भएको

भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह

भैरहवा,८ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुवैतर्फी सञ्चालन गर्ने विषयमा सहमति भएसँगै लुम्बिनी क्षेत्रमा उत्साह थपिएको

अयोध्या हवाई सेवा सुरु गर्न मुख्यमन्त्री यादवको आग्रह

जनकपुर ,८ मंसिर। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामदेखि भारतको अयोध्यासम्म हवाई सेवा सुरु हुनु पर्नेमा जोड दिनु भएको छ।अयोध्याबाट जनकपुरधाम आईपुगेको सरयू कमला

भारत भ्रमणमा बालेनः संसदमा चर्को अडान, मोदीसँगको वार्तामा लिपुलेकको प्रसंगै उठेन

काठमाडौँ,८ मंसिर । प्रधानमन्त्री बालेन शाहले कालापानी, लिपुलेकको सीमा विवादबारे सार्वजनिक रूपमा जे बोल्दै आँउनु भएको थियने, त्यसलाई भारतसँगको द्विपक्षीय वार्तामा उठाउन नसकेको खुलेको छ।