समानतामूलक नीति ल्याउँदा वामपन्थीहरुले जय जयकार गर्नुपर्ने हो : अर्थमन्त्री

काठमाडाै,१४ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पार्नु भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले उक्त कर सार्वजनिक शिक्षा सुदृढीकरणका लागि समानतामूलक नीतिअन्तर्गत ल्याइएको दाबी गर्नु भयो।

शिक्षा र स्वास्थ्यमा लगाइएको करले भुइँमान्छे र गरिबलाई असर गर्ने भन्ने धारणा भ्रमपूर्ण रहेको उहाँको भनाई छ । उहाँले भन्नु भयो,‘शिक्षा र स्वास्थ्यमा लगाइएको करले भुइँमान्छे र गरिबलाई असर गर्छ भनेर कुरा उठाउनुभयो । बजेट आएको एक महिना भयो, यस विषयमा पर्याप्त छलफल गरेका छौँ। करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन ।’

उहाँले नेपालका झण्डै ७५ देखि ८० प्रतिशत बालबालिका गैरनिजी विद्यालयमा अध्ययन गर्ने भएकाले उनीहरूलाई यो करले कुनै असर नपर्ने बताउनु भयो। करको प्रस्ताव निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकलाई मात्र लक्षित गरिएको उहाँको भनाइ थियो।

‘नेपालको झण्डै ७५ देखि ८० प्रतिशत बालबालिका गैरनिजी विद्यालयमा पढ्छन्। गैरनिजीमा यो करको प्रस्ताव गरिएको होइन,’उहाँले भन्न्ुा भयोे।

वाग्लेले केही निजी विद्यालयमा मासिक करिब १० हजार रुपैयाँ शुल्क तिर्ने परिवारले करिब ३०० रुपैयाँ योगदान गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै त्यसबाट संकलित रकम सीमान्तकृत, दलित र विपन्न परिवारका बालबालिकाको शिक्षामा खर्च गरिने बताउनु भयो।

‘केही निजी विद्यालयमा १० हजार रुपैयाँ शुल्क तिर्ने परिवारले तीन सय रुपैयाँ योगदान गर्ने हो। त्यही थोपा–थोपा जम्मा भएको रकमबाट सीमान्तकृत, दलित, भुइँमान्छे र गरिब परिवारलाई राहत पु¥याउने तथा सार्वजनिक शिक्षाको सुदृढीकरण गर्ने उद्देश्य हो,’ उहाँले स्पष्ट पार्नुभयोे।

अर्थमन्त्री वाग्लेले समानतामूलक नीति ल्याउँदा पनि त्यसको विरोध भएकोमा आश्चर्य व्यक्त गर्नु भयो। विशेषगरी वामपन्थी राजनीति गर्ने सांसदहरूले यस्तो नीतिको स्वागत गर्नुपर्नेमा विरोध गरेको देख्दा आफू अचम्मित भएको उहाँको भनाइ थियो।

‘नेपालका वामपन्थी राजनीति गर्दै आउनुभएका धेरै सांसदहरूले त जयजयकार गर्नुपर्ने खालको नीति ल्याउँदा पनि त्यही कोणबाट विरोध भएको देख्दा म अचम्म परेको छु,’ उहाँले भन्नु भयो।

उहाँले सरकारले बजेटमार्फत ऐतिहासिक कर सुधारको प्रस्ताव अघि सारेको दाबी गर्दै यसलाई दीर्घकालीन सामाजिक न्याय र सार्वजनिक सेवा सुदृढीकरणसँग जोडेर हेर्न आग्रह गर्नुभयोे।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३६ जनालाई कारबाही

काठमाडौं ,१३ असोज। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौं,१३ असोज । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक

बैंकिङ कसुर मुद्दामा डोल्पाका वडाध्यक्ष थापा पक्राउ

सुर्खेत,१३ असोज । बैंकिङ कसुर मुद्दामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ पर्नु भएको छ । जिल्ला अदालत डोल्पाबाट पक्राउ पुर्जी जारी भएपछि