गृहमन्त्री गुरुङको बारा र पर्साका नाकामा ‘छड्के अनुगमन’

रौतहट,१४ असार । गृहमन्त्री सुदन गुरुङले बारा र पर्साको सीमावर्ती क्षेत्रमा सुरक्षा निकायलाई समेत पूर्वजानकारी नदिई ‘छड्के अनुगमन’ गर्नु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन सकेर शनिबार बिहान वीरगन्ज आइपुगेका गृहमन्त्री गुरुङले सुरक्षा टोली र आफ्नो औपचारिक संयन्त्रलाई बाहिरै राखेर सुटुक्क स्थलगत निरीक्षण गर्नुभएको हो।

सामान्य पोसाकमा मास्क, टोपी र हाफ टिसर्ट लगाएर कसैले नचिन्नेगरी सीमा क्षेत्रमा पुगेका मन्त्री गुरुङले जानकी टोला, मटिअर्वा र अलौँलगायतका नाकाहरूको अवलोकन गर्नु भएको थियो।

अनुगमनका क्रममा उनले नाका क्षेत्रका स्थानीय बासिन्दा तथा ज्येष्ठ नागरिकहरूसँग सीमापार भइरहेको तस्करी र सुरक्षा व्यवस्थाका विषयमा सोधपुछ तथा अन्तरक्रियासमेत गर्नु भएको थियो ।

शनिबार गृहमन्त्रीले गरेको छड्के अनुगमनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा गृहमन्त्री गुरुङसँग कुरा गर्दै स्थानीयवासीले सशस्त्र प्रहरीकै अधिकारीको मिलेमतोमा तस्करी भइरहेको दाबी गर्नु भएको छ ।

यद्यपि, गृहमन्त्रीले संवाद गरेको सो भिडियो ठ्याक्कै कुन नाकाको हो भन्ने विषय भने भिडियोमा प्रस्ट पारिएको छैन । गृहमन्त्रीको यस आकस्मिक तथा गोप्य भ्रमणबारे स्वयं उहाँको सचिवालयले कुनै जानकारी सार्वजनिक गरेको थिएन ।

यता सीमा क्षेत्रको सुरक्षा र प्रशासनिक जिम्मेवारी सम्हालेका बारा र पर्साका प्रहरी प्रशासन तथा स्थानीय प्रशासनसमेत मन्त्रीको यस भ्रमणबारे पूर्ण रूपमा अनभिज्ञ रहेका छन् ।

स्रोतका अनुसार चितवनको माडी हुँदै ठोरी प्रवेश गरेर पर्सा र बाराका नाकाहरूको वस्तुस्थिति प्रत्यक्ष रूपमा बुझेपछि गृहमन्त्री गुरुङ शनिबार नै काठमाडौँ फर्किसक्नु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३६ जनालाई कारबाही

काठमाडौं ,१३ असोज। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौं,१३ असोज । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक

बैंकिङ कसुर मुद्दामा डोल्पाका वडाध्यक्ष थापा पक्राउ

सुर्खेत,१३ असोज । बैंकिङ कसुर मुद्दामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ पर्नु भएको छ । जिल्ला अदालत डोल्पाबाट पक्राउ पुर्जी जारी भएपछि