प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर र नकारात्मकता फैलाइरहेका छौँ ।

केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा एक जना डेलिभरी गर्ने व्यक्ति सामान लिएर पुगेको देखिन्छ। त्यही क्रममा केही युवाहरूको समूहले उनलाई बोलाउँछ र केही समयपछि उनी डराएर भागेको दृश्य देखिन्छ। पछाडिबाट एक व्यक्ति खेदाउँदै आउँछ, अगाडि भागिरहेको ती निर्दोष देखिने डेलिभरी म्यान अचानक सडकको खाडलमा खस्छन्।

भिडियो हेर्ने जो कोहीको मनमा एउटै प्रश्न उठ्यो के साँच्चिकै यस्तो घटना भयोरु के एक मेहनती मानिसमाथि यति ठूलो अन्याय भयो
सामाजिक सञ्जाल तात्यो। आलोचना सुरु भयो। मानवता हराएको हो कि समाज कतातिर जाँदैछ भन्ने बहस चल्यो। तर अन्ततः यो सबै मिलेर बनाइएको एउटा प्र्यांक भएको कुरा बाहिर आयो।

pic Ai

 

भ्युज, लाइक र भाइरल हुने नाममा यस्ता संवेदनशील विषयलाई खेल बनाउनु कति जायज हो?
हासो र मनोरञ्जनको पनि एउटा सीमा हुन्छ। कसैको डर, पीडा र भावनालाई प्रयोग गरेर बनाइएको सामग्रीले समाजलाई सकारात्मक सन्देश दिँदैन।
यदि यो नाटक थियो भने सुरुमै स्पष्ट पार्न सकिन्थ्यो। तर वास्तविक जस्तो देखाएर हजारौँ मानिसलाई भ्रममा पार्नु गलत हो।

प्र्यांकको नाममा समाजमा त्रास फैलाउने, मानिसको भावनासँग खेल्ने र नकारात्मक सन्देश दिने गतिविधिमाथि गम्भीर बहस र नियन्त्रण हुनुपर्छ।

मनोरञ्जन गरौँ, तर मानवता नबिर्सौँ। भाइरलभन्दा ठूलो कुरा समाजप्रतिको जिम्मेवारी हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३६ जनालाई कारबाही

काठमाडौं ,१३ असोज। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौं,१३ असोज । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक

बैंकिङ कसुर मुद्दामा डोल्पाका वडाध्यक्ष थापा पक्राउ

सुर्खेत,१३ असोज । बैंकिङ कसुर मुद्दामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ पर्नु भएको छ । जिल्ला अदालत डोल्पाबाट पक्राउ पुर्जी जारी भएपछि