फोन नम्बर बिना व्हाट्सएपमा कुराकानी गर्ने सुविधा आउँदै

काठमाडा,१८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु गरेको छ ।

कम्पनीका अनुसार यो सुविधा आगामी महिनाहरूमा चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्तासम्म पुग्नेछ । हाल प्रयोगकर्ताले आफूलाई मनपर्ने युजरनेम पहिले नै सुरक्षित गर्न सक्नेछन् । जुन सुविधा पूर्ण रूपमा लागू भएपछि प्रयोगमा आउनेछ ।

व्हाट्सएपले आफ्नो आधिकारिक ब्लगमा यो अपडेट प्रयोगकर्ताको गोपनीयता बढाउने उद्देश्यले ल्याइएको जनाएको छ । विशेषगरी अपरिचित व्यक्ति, ठूला समूह च्याट तथा व्यवसायसँगको संवादमा अब फोन नम्बर देखिने छैन ।

कम्पनीले भनेको छ, ‘नयाँ व्यक्तिसँग भेट हुँदा फोन नम्बर दिनु ठूलो कुरा जस्तो लाग्न सक्छ। त्यसैले अब केवल कुराकानीका लागि फोन नम्बर अनिवार्य हुनेछैन ।’

सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले ‘युजरनेम कि’ नामक अतिरिक्त सुरक्षा प्रणाली पनि ल्याउने भएको छ । यसका लागि कसैलाई सम्पर्क गर्न युजरनेम मात्र नभई थप कोड पनि आवश्यक पर्नेछ ।

त्यस्तै, युजरनेम प्रणालीमा सार्वजनिक डाइरेक्टरी वा सर्च सुझाव नहुने भएकाले अनावश्यक मेसेज आउने जोखिम घट्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार ३५ अक्षरसम्मको युजरनेम राख्न सकिनेछ, जसमा अक्षर, संख्या, डट र अन्डरस्कोर प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले चाहेको बेला युजरनेम परिवर्तन वा हटाउन पनि सक्नेछन् ।

व्यवसाय तथा क्रिएटरहरूले भने आफ्ना मेटा प्लेटफर्म अन्तर्गतका प्लेटफर्महरु जस्तै इन्स्टाग्राम र फेसबुकमा प्रयोग हुने एउटै युजरनेम सुरक्षित गर्न सक्ने सुविधा पनि पाउनेछन् । यो सुविधा चरणबद्ध रूपमा विस्तार गरिने र उपलब्ध भएपछि प्रयोगकर्तालाई इन–एप सूचना पठाइने कम्पनीले जनाएको छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निर्मला पन्तको फाएल खुल्दै , बल्दै फेरि एकपटक आशाको दियो

कञ्चनपुर,१८ असार । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको झन्डै ८ वर्ष पुग्न लाग्दा पनि न्याय मिल्न सकेको छैन। यही पृष्ठभूमिमा

२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९।५ प्रतिशत वृद्धि

काठमाडौं,१८ असार । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको

ट्राफिक प्रहरीको कारवाहीमा मुख्यमन्त्री शाह

धनगढी,१८ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा पर्नु भएको छ । मुख्यमन्त्री शाहले हेल्मेट विना नै मोटरसाइकल चलाएको भिडियो बाहिरिएपछि

त्रिवि सेवा आयोगका अध्यक्षको नियुक्तिप्रति महासचवि पोखरेलको व्यंग्य –‘जान्नेलाई छान्नेको गजबको तरिका रहेछ ’

काठमाडौं,१८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरेको सरकारले मेयरको उम्मेद्वार बनेका व्यक्तिलाई सेवा आयोगको अध्यक्ष बनाएकोमा आपत्ती प्रकट गर्नु

फोन नम्बर बिना व्हाट्सएपमा कुराकानी गर्ने सुविधा आउँदै

काठमाडा,१८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।