पूर्वी नेपालमा गृहमन्त्रीको अनुगमन‘ झापा बाहुनडाँगीदेखि सुरक्षा समीक्षासम्म के–के भयो ?

काठमाडौं ,२२ असार। गृहमन्त्री सुधन गुरुङको पूर्व भ्रमणका क्रममा विभिन्न स्थानमा अनुगमन तथा समीक्षा गरिएको छ।

भ्रमणका क्रममा उहाँले सुरक्षा अवस्था, मानव–वन्यजन्तु द्वन्द्व तथा स्थानीय समस्याबारे स्थलगत जानकारी लिनुभएको छ।

गृहमन्त्री गुरुङले भ्रमणको सुरुवात अर्जुनधारा नगरपालिका–११ स्थित सालबारी हेरिटेज भिल्लाबाट गर्नुभएको हो।
त्यसपछि उहाँले झापाको मेचीनगर–४ बाहुनडाँगीस्थित हात्ती प्रभावित क्षेत्रको अनुगमन गर्नुभयो।

अनुगमनका क्रममा जंगली हात्तीका कारण स्थानीयले भोग्दै आएको समस्या, मानव–हात्ती द्वन्द्वको अवस्था तथा प्रभावित बस्तीहरूको निरीक्षण गरिएको छ।

गृहमन्त्रीले प्रभावित नागरिक, जनप्रतिनिधि तथा सरोकारवालासँग भेटघाट गर्दै समस्या समाधानका उपायबारे छलफल गर्नुभएको छ। यसअघि झापा भ्रमणका क्रममा गृहमन्त्रीले जिल्लाका सुरक्षा निकाय र प्रशासनसँग शान्ति–सुरक्षा, विपद् व्यवस्थापन तथा समग्र सुरक्षा अवस्थाबारे समीक्षा समेत गर्नुभएको थियो।

“गृहमन्त्रीको यो भ्रमणलाई मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा जिल्लाको सुरक्षा व्यवस्थापन सुदृढ बनाउने उद्देश्यका रूपमा लिइएको छ।”

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण

झापा बुद्धशान्ती,१३ असोज। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र विश्वविद्यालय होइन : मन्त्री गौतम

काठमाडौं,१३ असोज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको

उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तबीच भेट, भारतीय सहयोगको प्रशंसा

काठमाडौं,१३ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेर्नु भएको छ । उपराष्ट्रपति

धरानमा विद्यार्थीको फिनेल सेवन प्रकरण ,पत्रकारमाथि उठ्यो प्रश्न ,बास्तबिकता के?

धरान ,१३ असोज। रिक्त शिक्षक नियुक्तिको माग गर्दै भएको आन्दोलनका क्रममा विद्यार्थी रोजन शंकरले फिनेल सेवन गरेको घटनामा पत्रकार सञ्जिता धमलाको नाम जोडिएको छ। आन्दोलनरत

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोड बजेट स्वीकृत, एआईदेखि चिकित्सा शिक्षासम्म प्राथमिकता

विराटनगर,१३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित