न्यादी फिदी जलविद्युत आयोजनाको १ लाख कित्ता सेयर किन्दै तेह्रथुम पावर कम्पनी

काठमाडौं ,२३ असार। तेह्रथुम पावर कम्पनी लिमिटेडले लमजुङ जिल्लामा निर्माणाधीन २१।४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । कम्पनीले सो आयोजनाको प्रवद्र्धक कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको १ लाख कित्ता संस्थापक सेयर खरिद गर्न लागेको हो ।

असार १७ गते बसेको तेह्रथुम पावर कम्पनीको ६७औं सञ्चालक समिति (बोर्ड) बैठकले उक्त आयोजनामा लगानी गर्ने औपचारिक निर्णय गरेको हो । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पत्र लेख्दै यस लगानीबारे जानकारी गराएको छ ।

कम्पनीले आफ्नो आठौं वार्षिक साधारण सभाबाट प्राप्त सहमति र प्रबन्ध पत्रको व्यवस्था बमोजिम बैंक खातामा रहेको लगानी योग्य मौज्दात रकमबाट यो सेयर खरिद गर्न लागेको जनाएको छ । जसअनुसार नर्थ समिट हाइड्रोको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ लाख कित्ता सेयर खरिद गरिनेछ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका (साबिकको बाहुनडाँडा र भुलभुले) मा निर्माणाधीन न्यादी फिदी जलविद्युत आयोजनाको निर्माण कार्य सन्तोषजनक रूपमा अगाडि बढेको र बजेटको हिसाबले पनि आयोजना आकर्षक देखिएकाले लगानी गर्ने निर्णय लिइएको कम्पनीको भनाइ छ ।

विद्युत् विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरिसकेको यस आयोजनाले सन् २०२३ को नोभेम्बर सम्ममा व्यावसायिक उत्पादन सुरु गर्ने योजना राखेको छ । यस लगानी सम्बन्धी जानकारी कम्पनीले धितोपत्र बोर्ड र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई पनि बोधार्थ पठाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण

झापा बुद्धशान्ती,१३ असोज। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र विश्वविद्यालय होइन : मन्त्री गौतम

काठमाडौं,१३ असोज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको

उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तबीच भेट, भारतीय सहयोगको प्रशंसा

काठमाडौं,१३ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेर्नु भएको छ । उपराष्ट्रपति

धरानमा विद्यार्थीको फिनेल सेवन प्रकरण ,पत्रकारमाथि उठ्यो प्रश्न ,बास्तबिकता के?

धरान ,१३ असोज। रिक्त शिक्षक नियुक्तिको माग गर्दै भएको आन्दोलनका क्रममा विद्यार्थी रोजन शंकरले फिनेल सेवन गरेको घटनामा पत्रकार सञ्जिता धमलाको नाम जोडिएको छ। आन्दोलनरत

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोड बजेट स्वीकृत, एआईदेखि चिकित्सा शिक्षासम्म प्राथमिकता

विराटनगर,१३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित