त्रिपुरेश्वरमा एक पुरुषद्वारा आत्मदाहको प्रयास

काठमाडौँ, २५ असार । त्रिपुरेश्वरमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट अगाडि ती पुरुषले शरीरमा आगो लगाएको काठमाडौँ प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए। घटना लगतै प्रहरीले घाइतेलाई उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको छ। घाइतेको पहिचान भने अझै खुल्न सकेको छैन।

प्रहरी स्रोतका अनुसार आत्मदाह प्रयास गरेका ती पुरुषको मोटरसाइकलमा ट्राफिक प्रहरीले ुह्वील लकु लगाइदिएको थियो। सोही विषयलाई लिएर भएको विवादपछि उनले आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यद्यपि, घटनाको ठोस कारण पुष्टि गर्नका लागि प्रहरीले विस्तृत अनुसन्धान सुरु गरिसकेको छ। घटनास्थल आसपासमा राखिएका सीसीटीभी ९ऋऋत्ख्० फुटेजको पनि अध्ययन भइरहेको प्रहरीले जनाएको छ। ती पुरुष राहदानी विभागमा आएका सेवाग्राही हुनसक्ने आशंका गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण

झापा बुद्धशान्ती,१३ असोज। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र विश्वविद्यालय होइन : मन्त्री गौतम

काठमाडौं,१३ असोज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको

उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तबीच भेट, भारतीय सहयोगको प्रशंसा

काठमाडौं,१३ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेर्नु भएको छ । उपराष्ट्रपति

धरानमा विद्यार्थीको फिनेल सेवन प्रकरण ,पत्रकारमाथि उठ्यो प्रश्न ,बास्तबिकता के?

धरान ,१३ असोज। रिक्त शिक्षक नियुक्तिको माग गर्दै भएको आन्दोलनका क्रममा विद्यार्थी रोजन शंकरले फिनेल सेवन गरेको घटनामा पत्रकार सञ्जिता धमलाको नाम जोडिएको छ। आन्दोलनरत

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोड बजेट स्वीकृत, एआईदेखि चिकित्सा शिक्षासम्म प्राथमिकता

विराटनगर,१३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित