इलामको विपद् समस्या लिएर प्रधानमन्त्री कार्यालय पुगे सांसद सुहाङ, समाधानको पहल सुरु

इलाम ,२५ असार । अविरल वर्षा र विपद्का कारण इलाममा देखिएको सडक अवरोध तथा अत्यावश्यक सामग्री आपूर्तिको समस्या समाधानका लागि सांसद सुहाङ नेम्वाङले सरकारको ध्यानाकर्षण गराएका छन्।

इलाम क्षेत्र नम्बर २ का सांसद नेम्वाङले मेची राजमार्गको माइखोला सडक खण्ड, झापा–इलाम फास्ट ट्र्याकअन्तर्गतको बेलासे सडक खण्ड, सिमलगोलाई सडक खण्ड तथा गजुरमुखीदेखि देउमाई जाने पक्की पुल क्षतिग्रस्त हुँदा यातायात सेवा प्रभावित भएको भन्दै तत्काल समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आग्रह गरेका हुन्।

सडक अवरुद्ध हुँदा एम्बुलेन्स सेवा, खाद्यान्न, ग्यास, पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामग्रीको आपूर्तिमा समस्या देखिएको उनले बताए।
सांसद नेम्वाङले प्रधानमन्त्रीको सचिवालयसँग छलफल गरी समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमार्फत काम अघि बढाइएको जानकारी दिएका छन्।

उनका अनुसार सडक सञ्चालन, वैकल्पिक बाटोको व्यवस्था तथा अत्यावश्यक सामग्री आपूर्ति सहज बनाउने विषयमा पहल भइरहेको छ।
प्रधानमन्त्रीको सचिवालयबाट पनि तत्काल प्रतिक्रिया आएको र समस्या समाधानका लागि निरन्तर छलफल भइरहेको सांसद नेम्वाङले बताएका छन्।
उनले विपद्को कठिन अवस्थामा जिल्लावासीलाई धैर्य राख्न आग्रह गर्दै आफू इलामवासीको समस्या समाधानका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण

झापा बुद्धशान्ती,१३ असोज। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र विश्वविद्यालय होइन : मन्त्री गौतम

काठमाडौं,१३ असोज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको

उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तबीच भेट, भारतीय सहयोगको प्रशंसा

काठमाडौं,१३ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेर्नु भएको छ । उपराष्ट्रपति

धरानमा विद्यार्थीको फिनेल सेवन प्रकरण ,पत्रकारमाथि उठ्यो प्रश्न ,बास्तबिकता के?

धरान ,१३ असोज। रिक्त शिक्षक नियुक्तिको माग गर्दै भएको आन्दोलनका क्रममा विद्यार्थी रोजन शंकरले फिनेल सेवन गरेको घटनामा पत्रकार सञ्जिता धमलाको नाम जोडिएको छ। आन्दोलनरत

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोड बजेट स्वीकृत, एआईदेखि चिकित्सा शिक्षासम्म प्राथमिकता

विराटनगर,१३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित