काठमान्डौं, २५ असार । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस सच्याउन माग गर्दै निवेदन दिनु भएको छ ।
ओलीको तर्फबाट एमाले नेता महेश बर्तौलाले आयोग पुगेर निवेदन बुझाउनु भएको हो ।
भदौ २३ र २४ गतेका घटनासम्बन्धी आयोगको निर्णय पूर्वाग्रहपूर्ण र कानुनविपरीत रहेको दाबी गर्दै पुनरावलोकन गर्न माग गरिएको छ।
साथै, छानबिन समितिको प्रतिवेदन र निर्णयका आधारसम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराउन पनि माग गरिएको छ।








