सार्वजनिक सञ्चारमाध्यममा मनोमानी करार भर्ती अन्त्य गर्ने सरकारको तयारी

काठमान्डौं, २५ असार । सूचना तथा सञ्चारमन्त्री डा।विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) र राष्ट्रिय समाचार समिति (रासस)मा अत्यावश्यक र दैनिक सेवा प्रवाहमा प्रत्यक्ष समस्या पर्ने अवस्था बाहेक करार सेवामा कर्मचारी नराख्न निर्देशन दिनु भएको छ ।

सार्वजनिक सञ्चारमाध्यममा कर्मचारी व्यवस्थापनलाई कानुनी, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्री डा। तिमिल्सिनाले आवश्यकताको स्पष्ट पहिचान गरी वैधानिक प्रक्रियाबाट मात्रै करारमा कर्मचारी भर्ना गर्न निर्देशन दिएको हो ।

उहाँले दैनिक कार्य सञ्चालनमा समस्या आउने अवस्था देखिएमा मात्र करार सेवामा कर्मचारी राख्न र त्यस्तो नियुक्ति गर्दा सम्बन्धित संस्थाको ऐन तथा कर्मचारी सेवा शर्त विनियमावलीले व्यवस्था गरेको कानुनी दायराभित्र रही प्रतिस्पर्धाका आधारमा मात्रै नियुक्ति गर्नुपर्ने निर्देशन दिनु भयो।

तिमिल्सिनाले विगतमा सार्वजनिक सञ्चारमाध्यमलाई राजनीतिक भर्ती केन्द्रका रूपमा प्रयोग गरिँदा संस्थागत सुशासन कमजोर भएको, आर्थिक भार बढेको र संस्थाहरूलाई ठूलो दायित्व थपिँदै गएको देखिएकाले अब त्यस्तो अभ्यासलाई पूर्ण रूपमा अन्त्य गरिने बताउनु भएको छ ।

गोरखापत्र संस्थानमा विगतमा कुनै कानुनी आधार, नियुक्तिपत्र वा विधिसम्मत प्रक्रिया नै पूरा नगरी कर्मचारीलाई काममा लगाइएको भेटिएपछि त्यस्ता कर्मचारीको तलब भुक्तानीमै समस्या देखिएको थियो । सरकारी संस्थानहरुमा कानुनविपरीत जथाभावी कर्मचारी भर्ना गरिएको विषयमा महालेखापरीक्षकको कार्यालयले विभिन्न वर्षमा प्रश्न उठाउँदै आएको छ ।

गोरखापत्र संस्थानका महाप्रबन्धक हिक्मतबहादुर रावलले संस्थानमा कर्मचारी व्यवस्थापनलाई अब नयाँ र व्यवस्थित ढङ्गले अघि बढ्ने बताउनु भयो । उहाँले विगतमा केवल तोक आदेशका भरमा मनोमानी ढङ्गले कर्मचारी राखिएको अवस्था देखिएको उल्लेख गर्दै अब त्यसको यथोचित र कानुनी व्यवस्थापन गरिने बताउनु भयो ।

‘हिजो तोक आदेशका भरमा मनोमानी ढङ्गले कर्मचारी राखिएको देखियो । त्यसको यथोचित विधिमार्फत् व्यवस्थापन गरिनेछ । अत्यावस्यक, सक्षम, प्रविधिमैत्री कर्मचारी भित्र्याएर संस्थानलाई बलियो बनाउनुपर्ने छ,’ उहाँले भन्नु भयो ।

महाप्रबन्धक रावलले सरकारले अघि बढाएको सुशासन, पारदर्शिता र मितव्ययिताको नीतिलाई आत्मसात् गर्दै संस्थानको कार्यसम्पादनलाई थप प्रभावकारी बनाइने बताउनु भयो।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सार्वजनिक सञ्चारमाध्यममा मनोमानी करार भर्ती अन्त्य गर्ने सरकारको तयारी

काठमान्डौं, २५ असार । सूचना तथा सञ्चारमन्त्री डा।विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) र राष्ट्रिय समाचार समिति (रासस)मा अत्यावश्यक र दैनिक सेवा

ओलीको टिप्पणी ‘१०० दिनको सरकार उम्लिएको दूधजस्तो

काठमान्डौं, २५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालप्रति असन्तुष्टि जनाउँदै सरकारको व्यवहार अपरिपक्व र अस्थिर देखिएको टिप्पणी गर्नु भएको

मानव अधिकार आयोगको सिफारिस सच्याउन माग : ओली

काठमान्डौं, २५ असार ।  पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस सच्याउन माग गर्दै निवेदन दिनु भएको छ । ओलीको

इलामको विपद् समस्या लिएर प्रधानमन्त्री कार्यालय पुगे सांसद सुहाङ, समाधानको पहल सुरु

इलाम ,२५ असार । अविरल वर्षा र विपद्का कारण इलाममा देखिएको सडक अवरोध तथा अत्यावश्यक सामग्री आपूर्तिको समस्या समाधानका लागि सांसद सुहाङ नेम्वाङले सरकारको ध्यानाकर्षण

नेपाल क्षेत्रीय ऊर्जा सहकार्यका लागि प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ

काठमाडौं ,२५ असार। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दक्षिण एसियामा ऊर्जा जडान र अन्तरदेशीय विद्युत व्यापार विस्तारले क्षेत्रीय ऊर्जा सुरक्षालाई मजबुत बनाउने बताउनु भएको

रुग्ण आयोजना र भुक्तानी समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक

काठमाडौँ, २५ असार । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवद्र्धन र भौतिक पूर्वाधार विकासका सन्दर्भमा आज(विहीबार) नेपाल निर्माण व्यवसायी महासंघका