ओलीको टिप्पणी ‘१०० दिनको सरकार उम्लिएको दूधजस्तो

काठमान्डौं, २५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालप्रति असन्तुष्टि जनाउँदै सरकारको व्यवहार अपरिपक्व र अस्थिर देखिएको टिप्पणी गर्नु भएको छ ।

बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले गरेका कामबारे पत्रकारहरूले प्रश्न गर्ने गरेको उल्लेख गर्दै जनताले नै सरकारको मूल्यांकन गरिरहेको बताउनु भयो ।

उहाँले सुकुम्बासी बस्तीमा डोजर चलाइएको, बालबालिका रोएको तथा विस्थापनका तस्बिरहरू सञ्चारमाध्यममै देखिएको भन्दै सरकारको कार्यशैलीप्रति आलोचना गर्नु भयो ।

उहाँले अहिले नेपालमा खुसी हुने ठाउँ कम भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हेरेर मात्रै केही समय मनोरञ्जन लिनुपर्ने अवस्था आएको टिप्पणी गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘पत्रकार भाइबहिनीहरूले बअक्सरप्रश्न सोध्ने गर्नुहुन्छ, १०० दिनको अहिलेको सरकारको कार्यकाल कस्तो लाग्यो भनेर। तपाईहरु देखिराख्नुभएको छ। सुकुम्वासीका फोटो आफैले छापिराख्नुभएको छ। बालबालिकाका धरधरी रोएका फोटोहरु आफैले छापिराख्नुभएको छ। सुकुम्वासी बस्तीहरूमा डोजर लगाएको तपाईँ आफैले छापिराख्नुभएको छ, प्रसारित गरिराख्नुभएको छ। नेपालमा अहिले खुसी हुनका लागि त अन्तर्राष्ट्रिय फुटबल गेम चलिराखेको छ, राति अबेरसम्म त्यो हेरेर बस्नुपर्छ । एकछिन खुसी हुने हो, नत्र खुसी हुने कतै ठाउँ छैन। सरकारको

व्यवहार अचम्मको छ । नेपालमा अहिले खुसी हुनका लागि त अन्तर्राष्ट्रिय फुटबल गेम चलिराखेको छ, राति अबेरसम्म त्यो हेर्नुपर्ने हुन्छ। एकछिन खुसी हुने हो, नत्र खुसी हुने कतै ठाउँ छैन।’

 

सरकारको अवस्थालाई उदाहरण दिँदै ओलीले उम्लिएको दूधसँग तुलना गर्नुभयो। उहाँले दुई माना दूध एक पाथी जाने भाँडामा तताउँदा भरिएर पोखिए पनि त्यो वास्तविक रूपमा भरिएको नभई केवल उम्लिएको हुने बताउनु भयो ।

‘अहिले यो सरकार कहाँ ठेगानमा छ रु यसका खुट्टा कहाँ भुइँमा छन् रु उम्लिएका छन् । दूध भाँडाको पिँधमा छैन, भाँडा भरि भएको छ, थोरै भए पनि उम्लिएको छ,’ओलीले भन्न्ुा भयो ।

उहाँले सरकारका १०० दिनका काम पनि त्यस्तै ‘उम्लिएको’ अवस्थाजस्तो देखिएको दाबी गर्नु भयो ।

अध्यक्ष ओलीले एमाले समाप्त भएको भन्ने टिप्पणीप्रति पनि आपत्ति जनाउँदै एमाले देश निर्माण र सफलताका लागि जन्मिएको पार्टी भएको बताउनु भयो ।

‘मान्छेहरू एमाले सकियो, एमाले सकियो भन्छन् । एमाले सकिन जन्मेको पार्टी होइन । यो त बढ्न, सफल हुन र देश बनाउन जन्मेको पार्टी हो,’ उहाँले भन्न्ुा भयो ।

उहाँले एमाले कठिन परिस्थितिमा पनि अघि बढ्ने पार्टी भएको उल्लेख गर्दै पार्टी नआत्तिने र नमात्तिने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण

झापा बुद्धशान्ती,१३ असोज। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र विश्वविद्यालय होइन : मन्त्री गौतम

काठमाडौं,१३ असोज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको

उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तबीच भेट, भारतीय सहयोगको प्रशंसा

काठमाडौं,१३ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेर्नु भएको छ । उपराष्ट्रपति

धरानमा विद्यार्थीको फिनेल सेवन प्रकरण ,पत्रकारमाथि उठ्यो प्रश्न ,बास्तबिकता के?

धरान ,१३ असोज। रिक्त शिक्षक नियुक्तिको माग गर्दै भएको आन्दोलनका क्रममा विद्यार्थी रोजन शंकरले फिनेल सेवन गरेको घटनामा पत्रकार सञ्जिता धमलाको नाम जोडिएको छ। आन्दोलनरत

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोड बजेट स्वीकृत, एआईदेखि चिकित्सा शिक्षासम्म प्राथमिकता

विराटनगर,१३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित