एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा.क्षेत्री नियुक्त

काठमाडौं,२६ असार । एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपीजीएन) को नयाँ अध्यक्षमा नेपालका वरिष्ठ जेरियाट्रिसियन डा.जगदीशकुमार क्षेत्री नियुक्त हुनु भएको छ ।

एपीजीएनले क्षेत्रीय संस्थाको नेतृत्व परिवर्तन गर्दै डा।क्षेत्रीसँगै भारतका डा. आशिष गोयललाई नेतृत्वमा चयन गरेको हो ।

नियुक्तिको घोषणा नेदरल्यान्ड्सको एम्स्टर्डममा हालै सम्पन्न इन्टरनेसनल एसोसिएसन अफ जेरोन्टोलोजी एन्ड जेरियाट्रिक्स आईएजीजी को विश्व सम्मेलनका क्रममा गरिएको हो ।

डा.क्षेत्रीले लामो समयदेखि एपीजीएनको नेतृत्व गर्दै आएका अस्ट्रेलियाका प्राध्यापक लियोन फ्लिकरलाई प्रतिस्थापन गरेका हुन् । प्राध्यापक फ्लिकरले २१ वर्षसम्म उक्त पद सम्हालेका थिए ।

डा.क्षेत्री हाल काठमाडौंस्थित मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पतालअन्तर्गत नेपाल जेरियाट्रिक्स सेन्टरका निर्देशकका रूपमा कार्यरत छन् । उनले जेरियाट्रिक्स अर्थात् वृद्धावस्थासम्बन्धी चिकित्सा क्षेत्रमा लामो समयदेखि अनुसन्धान तथा चिकित्सकीय सेवा दिँदै आएका छन् ।

उनले अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयबाट पोस्टडक्टोरल तालिमसमेत पूरा गरेका छन् । एशिया र युरोपका विभिन्न शैक्षिक तथा चिकित्सकीय संस्थासँग आबद्ध डा.क्षेत्रीसँग वृद्धावस्था स्वास्थ्य र अनुसन्धान क्षेत्रमा व्यापक अनुभव रहेको छ ।

उनको नेतृत्वमा एपीजीएनले दक्षिण एसियाली क्षेत्रमा बढ्दो वृद्ध जनसंख्याका स्वास्थ्य आवश्यकता र जेरियाट्रिक सेवाको विस्तारलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ ।

एपीजीएनले क्षेत्रभर वृद्धवृद्धाको स्वस्थ जीवन प्रवद्र्धन, जेरियाट्रिक चिकित्सा सेवाको विकास र विभिन्न देशबीच सहकार्य विस्तार गर्ने उद्देश्य राख्दै आएको छ ।

नेपालमा सन् २०२५ मा सम्पन्न एपीजीएन सम्मेलनले पनि क्षेत्रीय स्तरमा जेरियाट्रिक स्वास्थ्य सेवाको विकास र सहकार्यलाई थप बल दिएको थियो ।

डा. क्षेत्रीको नेतृत्वले उक्त अभियानलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण

झापा बुद्धशान्ती,१३ असोज। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र विश्वविद्यालय होइन : मन्त्री गौतम

काठमाडौं,१३ असोज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको

उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तबीच भेट, भारतीय सहयोगको प्रशंसा

काठमाडौं,१३ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेर्नु भएको छ । उपराष्ट्रपति

धरानमा विद्यार्थीको फिनेल सेवन प्रकरण ,पत्रकारमाथि उठ्यो प्रश्न ,बास्तबिकता के?

धरान ,१३ असोज। रिक्त शिक्षक नियुक्तिको माग गर्दै भएको आन्दोलनका क्रममा विद्यार्थी रोजन शंकरले फिनेल सेवन गरेको घटनामा पत्रकार सञ्जिता धमलाको नाम जोडिएको छ। आन्दोलनरत

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोड बजेट स्वीकृत, एआईदेखि चिकित्सा शिक्षासम्म प्राथमिकता

विराटनगर,१३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित