बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स दिँदैन : सांसद राई

काठमाडौं ,३० असार। नेपाली कांग्रेसका सांसद निश्कल राईले वर्तमान सरकारमाथि निरंकुश बन्दै गएको आरोप लगाृउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सरकारलाई नागरिकको प्रश्न सुन्न र संविधानको सीमाभित्र रहेर काम गर्न आग्रह गर्नु भयो।

सांसद राईले भागवत पुराणको हिरण्यकश्यप र प्रह्लादको प्रसंग उल्लेख गर्दै प्रश्न गर्ने अधिकारमाथि रोक लगाउने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक भएको बताउनु भयो। उहाँले प्रश्न गर्नु अपराध ठान्ने शासन व्यवस्था अन्ततः पतन हुने दाबी गर्नु भयो।

‘हिरण्यकश्यप आफूलाई सर्वशक्तिमान् ठान्थे। उहाँको राज्यमा उनीबाहेक अरू कसैलाई ईश्वर मान्न पाइँदैनथ्यो। जब छोरा प्रह्लादले प्रश्न गरे, सत्य बोले, त्यो नै अपराध ठहरियो,’ उहाँले भन्नु भयो।

उहाँले सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भएको युवा आन्दोलन स्मरण गर्दै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेका युवामाथि अहिले नै प्रश्न गर्न रोक लगाउने प्रयास भइरहेको आरोप लगाउनु भयो।

‘जुन युवाले प्रश्न सोध्ने अधिकार माग्यो, आज त्यही युवालाई प्रश्न गर्नबाट वञ्चित गरिएको छ,’ राईले भन्न्ुा भयो।

सांसद राईले मुगुका २५ वर्षीय राइड–सेयरिङ चालक गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारले आत्मसमीक्षा गर्नुपर्ने बताउनु भयो। नगरप्रहरीसँगको विवादपछि नेपालीले काठमाडौंको सडकमा आत्मदाह गरेको घटनापछि सरकारमाथि प्रश्न उठ्नु स्वाभाविक भएको उहाँको भनाइ थियो।

उहाँले घटनाबारे प्रश्न उठाउने प्रतिपक्ष, सञ्चारमाध्यम र नागरिक समाजमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाउनु भयो।

 

‘एउटा नागरिकले ज्यान गुमाउँदा सरकारले आत्मसमीक्षा गर्नुपर्ने थियो। तर प्रश्न सोध्ने हिम्मत कहाँबाट आयो भन्ने शैलीमा प्रश्न उठाउनेमाथि प्रतिशोध साध्ने काम भयो,’ उनले भने।

उहाँले गृहमन्त्रीले संसद्मा जवाफ दिने क्रममा भावनात्मक हुँदै सांसदहरूमाथि धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसप्रति आपत्ति जनाउनु भयो।

सांसद राईले १८२ सिटको बहुमतले सरकारलाई संविधान उल्लंघन गर्ने अधिकार नदिने बताउनु भयो। बहुमत जनताको प्रतिनिधित्वका लागि भएको भन्दै त्यसले नागरिकको अधिकार कुल्चन नसक्ने उहाँको भनाइ थियो।

बहुमतले संविधानभन्दा माथि जाने अधिकार दिँदैन। प्रश्न सोध्ने नागरिकको मुख थुन्ने ठेक्का बहुमतले दिएको छैन,” उहाँले भन्नु भयो।

उहाँले राज्यका संरचनाहरू सत्तारूढ दलको प्रभावमा पर्दै गएको आरोपसमेत लगाउनु भयो। प्रहरी प्रशासन अनौपचारिक शक्तिको निर्देशनमा चल्न थाले राज्य र सत्ताबीचको सीमाना मेटिने उहाँको भनाइ थियो।

सांसद राईले सरकारलाई निरंकुशताको बाटो छाडेर नागरिक केन्द्रित भएर अघि बढ्न आग्रह गर्नु भयो। उहाँले आफू किसान परिवारबाट आएको र लोकतान्त्रिक मूल्य तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिएको बताउनु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण

झापा बुद्धशान्ती,१३ असोज। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र विश्वविद्यालय होइन : मन्त्री गौतम

काठमाडौं,१३ असोज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको

उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तबीच भेट, भारतीय सहयोगको प्रशंसा

काठमाडौं,१३ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेर्नु भएको छ । उपराष्ट्रपति

धरानमा विद्यार्थीको फिनेल सेवन प्रकरण ,पत्रकारमाथि उठ्यो प्रश्न ,बास्तबिकता के?

धरान ,१३ असोज। रिक्त शिक्षक नियुक्तिको माग गर्दै भएको आन्दोलनका क्रममा विद्यार्थी रोजन शंकरले फिनेल सेवन गरेको घटनामा पत्रकार सञ्जिता धमलाको नाम जोडिएको छ। आन्दोलनरत

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोड बजेट स्वीकृत, एआईदेखि चिकित्सा शिक्षासम्म प्राथमिकता

विराटनगर,१३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित