दमकमा ३३औँ शहीद डिल्ली गौतम स्मृति दिवस सम्पन्न

को हुन् डिल्ली गौतम, किन सम्झिइन्छ उहाँलाई?

दमक, ४ साउन । झापाको दमकमा सोमबार २०५० साल साउन ४ गते सहादत प्राप्त गर्नुभएका शहीद डिल्ली गौतमको ३३औँ स्मृति दिवस श्रद्धापूर्वक मनाइएको छ।

तीन दशकभन्दा बढी समय बितिसक्दा पनि लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र जनआन्दोलनका क्रममा दिएको उहाँको बलिदानलाई स्मरण गर्दै घटना भएकै स्थान आसपासमा विशेष कार्यक्रम आयोजना गरिएको हो।

 

आजभन्दा ठीक ३३ वर्षअघि, २०५० साल साउन ४ गते, देश जनआन्दोलनको उग्र चरणबाट गुज्रिरहेको थियो। तत्कालीन जननेता मदन भण्डारीको रहस्यमय जीप दुर्घटनापछि त्यसलाई राज्यद्वारा योजनाबद्ध हत्या भएको आरोप लगाउँदै नेकपा एमालेले देशव्यापी आन्दोलन चर्काएको थियो।

आन्दोलन केवल आफ्ना शीर्ष नेताको मृत्युको विरोधमा सीमित थिएन, त्यसले राज्यद्वारा हुने दमन, शोषण र नागरिक अधिकारमाथिको हस्तक्षेपविरुद्धको आवाजलाई समेत प्रतिनिधित्व गरेको थियो।

 

त्यस समय देशभर सडक आन्दोलन, विरोध प्रदर्शन र कोणसभा निरन्तर भइरहेका थिए। झापाको दमक पनि त्यस आन्दोलनको केन्द्रमध्ये एक बनेको थियो।

नेकपा एमाले झापाको नेतृत्वमा भएको आन्दोलनमा तत्कालीन युवा नेता देवेन्द्र दाहाल, रोमनाथ ओली, दीपक कार्कीलगायत अग्रमोर्चामा सक्रिय थिए।

 

आन्दोलनकारी र प्रहरीबीच तनाव बढिरहेका बेला दुई वटा कोणसभा सम्पन्न भएपछि तत्कालीन दमक बसपार्क क्षेत्र, अहिलेको गोरखा डिपार्टमेन्ट स्टोरबाट दक्षिणतर्फ पर्ने साविक दमक–१३ (हाल वडा नं। ८) नजिकको खुला खेतमा प्रहरीले गोली चलाएको थियो। गोली कसलाई लागेको भन्ने तत्काल कसैलाई थाहा भएन। भागदौडका क्रममा एक जना आन्दोलनकारी अचानक ढले। केही समयपछि मात्रै थाहा भयो, ती व्यक्ति झापाको सुरुङ्गा निवासी डिल्ली गौतम हुनुहुन्थ्यो, जसले घटनास्थलमै सहादत प्राप्त गर्नुभएको थियो।

 

उक्त घटनाका प्रत्यक्षदर्शी तथा तत्कालीन आन्दोलनका अग्रपंक्तिका सहभागी दीपक कार्की र रोमनाथ ओलीले त्यस दिनको घटनाक्रम स्मरण गर्दै आन्दोलनको इतिहास, राज्यको दमन र शहीद गौतमको योगदानबारे आफ्नो अनुभव सुनाउनु भएको छ ।

 

यस वर्षको स्मृति दिवस पनि शहीद गौतमले सहादत प्राप्त गरेको स्थल आसपासमै आयोजना गरिएको थियो। घटनास्थल रहेको खेत अहिले पुरानोजस्तो खुला नभए पनि नजिकैको खाली स्थानमा कार्यक्रम गरिएको नेकपा एमाले दमक नगर कमिटीका अध्यक्ष राम पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार शहीदको सम्झनालाई पुस्तान्तरण गर्दै लोकतान्त्रिक आन्दोलनको इतिहास नयाँ पुस्तासम्म पु‍र्याउने उद्देश्यले प्रत्येक पनि यो कार्यक्रम आयोजना गरीएको हो ।

 

डिल्ली गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शहीद गौतमकी धर्मपत्नी देवका गौतमको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा तत्कालीन आन्दोलनका सहयोद्धा, नेकपा एमालेका केन्द्र, प्रदेश र जिल्ला तहका नेता तथा कार्यकर्ता, शुभेच्छुक र स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

 

कार्यक्रममा वक्ताहरूले शहीद डिल्ली गौतमले लोकतान्त्रिक आन्दोलनका लागि दिएको बलिदान नेपाली राजनीतिक इतिहासको अविस्मरणीय अध्याय भएको उल्लेख गर्दै शहीदहरूको सपना पूरा गर्न सुशासन, सामाजिक न्याय र नागरिक अधिकारको संरक्षणप्रति सबै प्रतिबद्ध हुनुपर्ने धारणा व्यक्त गरेका थिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा

बाढी–पहिरोले ७ प्रमुख राजमार्ग ठप्प, ५१ सडक भने सुचारु

काठमाडौं,५ साउन। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १२ राजमार्ग आंशिक रूपमा प्रभावित भएका छन्। सडक विभागले

धनुषामा ’एक विद्यार्थी एक रुख’ अभियान सुरु

जनकपुर,५ साउन । धनुषाको क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३

हर्क साम्पाङ जानकी मन्दिर आउने भएपछि जनकपुरमा विरोध प्रदर्शन

जनकपुर,५ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले जनकपुरधामको जानकी