वितरण प्रक्रिया झण्झटिलो

स्मार्ट लाइसेन्समा सेवाग्राहीलाई सास्ती

 

 

 

 

इटहरी  इटहरीस्थित यातायात व्यवस्था कार्यालयले स्मार्ट लाइसेन्स (चालक अनुमति–पत्र) वितरण प्रक्रियालाई झण्झटिलो बनाएको सेवाग्राहीहरूले बताएका छन् ।

यातायात व्यवस्था कार्यालयले स्मार्ट लाइसेन्स छिटो वितरण गर्नुपर्नेमा झन् ढिलो र झन्झटिलो बनाएको सेवाग्राहीले आरोप लगाएका छन् ।

सरकारले सबैतिर स्मार्ट लाइसेन्स वितरण गर्ने नीति बनाएको छ । तर, वितरण व्यवस्थापन सहज हुन नसक्दा सेवाग्राहीले समयमै चालक अनुमति–पत्र पाउन सकेका छैनन् ।

सवारी चालक अनुमति–पत्र स्मार्ट लाइसेन्स वितरण कक्ष अगाडिको ठूलो भीडमा भेटिएका सङ्खुवासभा मादीका केदारप्रसाद दाहालले भने, ‘मैले ०७६ माघमा नवीकरण गरेँ । ६ महिनासम्ममा लाइसेन्स आउँछ भन्थे । तर, २ वर्ष कटिसक्यो अझै लाइसेन्स पाउन सकिएको छैन ।’

उनले सङ्खुवासभाबाट आएरपनि हात खाली फर्कनु परेको तीतो अनुभव सुनाए । उनीजस्तै स्मार्ट लाइसेन्स पाउनका लागि यातायात व्यवस्था कार्यालयमा धाउनेहरू हजारौं छन् ।

यसबारे जिज्ञासा राख्दा यातायात व्यवस्था कार्यालयको स्मार्ट लाइसेन्स वितरणकक्षकी कर्मचारी तिलोत्तमा दाहालले भनिन्, ‘प्रायःजसो नाम, थर र ठेगानामा त्रुटी भएमा स्मार्ट कार्ड ढिलो आउने वा नआउने हुनसक्छ । विभागबाट नै थोरैमात्र कार्ड पठाउने गरेकाले पनि वितरणमा समस्या भएको हो ।’

अर्को पटक नवीकरण गर्ने बेलासम्म पनि स्मार्ट लाइसेन्स नपाउँदा सेवाग्राहीहरूले व्यहोर्नुपरेको सास्तीलाई यातायात व्यवस्था विभागले ध्यान दिन नसकेको गुनासो सेवाग्राहीले गर्दै आएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा