वामपन्थी आन्दोलन र सुरक्षा निकायका कमजोरी बारे प्रचण्डको प्रश्न

काठमाडौं,८ साउन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै देखिएको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र तथा वामपन्थी आन्दोलनका कमजोरीबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनु भएको छ।४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले २०८२ भदौ २३ र २४ गते भएको घटनाक्रमलाई प्रतिक्रान्तिकारी परिघटना भन्दै त्यसमा वैदेशिक दबाब र हस्तक्षेप देखिएको दाबी गर्नु भएको छ ।

 

उहाँले नेपालको सुरक्षा निकायको भूमिका र समग्र राजनीतिक शक्तिको अवस्थाप्रति प्रश्न उठाउँदै त्यसको वैज्ञानिक समीक्षा नगरी वर्तमान चुनौतीको सामना गर्न नसकिने बताउनु भएको छ । प्रचण्डले भन्नु भयो, ‘२०८२ भदौको २३ र २४ गते जुन प्रतिक्रान्तिकारी परिघटना हामीले देख्यौं, जसको वैदेशिक दबाब र हस्तक्षेप पनि देख्यौं । नेपालको सुरक्षा निकायको जस्तो निरीहता हामीले आफ्नै आँखाअगाडि देख्नुपर्यो । सायद नेपालको इतिहासमा सुगौली सन्धिपछि यस्तो निरीहता हामी कसैले इतिहासमा पढ्न पनि परेको थिएन ।’उहाँले विगतमा अंग्रेजसँग वीरतापूर्वक लड्ने नेपाली सेना र कमाण्डरहरूको इतिहास स्मरण गर्दै अहिलेको अवस्था किन सिर्जना भयो भन्ने प्रश्न गर्नु भएको छ।

 

उहाँले भन्नु भयो, ‘अंग्रेजसँग वीरतापूर्वक लड्ने नेपाली, नेपाली सेना र कमाण्डरहरू भएको शक्ति अहिले आएर यो अवस्थामा के ले पुग्यो ? हामीले हिजो सामन्ती निरंकुशतन्त्रका दमन र अत्याचारविरुद्ध कहिले सशस्त्र संघर्ष, कहिले शान्तिपूर्ण आन्दोलन, कहिले जनयुद्ध र कहिले जनआन्दोलनमार्फत नेपाली जनताको विद्रोहको तागत प्रदर्शन गरेका थियौं । तर भदौ २३ र २४ गतेको घटनासम्म आइपुग्दा वामपन्थी दलहरू किन यति निरीह र शक्तिहीन भए ? त्यसको समुचित, यथोचित र वैज्ञानिक समीक्षा नगरी आजका चुनौतीहरूको सामना गर्न सकिँदैन ।’प्रचण्डले विगतमा कमीकमजोरीको समीक्षा र आत्मआलोचना हुँदै आए पनि अहिलेको परिस्थितिले सामान्य समीक्षा मात्र पर्याप्त नहुने बताउनु भयो । उहाँले वामपन्थी आन्दोलनले कतै गम्भीर त्रुटि गरेको स्वीकार गर्दै हालको अवस्था त्यसैको परिणाम भएको हुन सक्ने धारणा व्यक्त गर्नु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘थुप्रै कुरा भन्न सकिन्छ । हामीले विगतमा थुप्रै कमीकमजोरीहरूको समीक्षा र आत्मआलोचना पनि गरेका छौं । तर यो पटक त्यस्तो सामान्य समीक्षा र सामान्य आत्मआलोचनाले पुग्ने स्थिति छैन । हामीले कहीँ न कहीँ ठूलै त्रुटि गरेका छौं ।’प्रचण्डले आफ्नै आँखाअगाडि नेपालका धरोहर तथा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा आगजनी र विध्वंस भएको घटनाले गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै त्यसका कारणबारे गहिरो विश्लेषण आवश्यक रहेको बताउनु भयो ।उहाँले भन्नु भयो, ‘हामीले कहीँ न कहीँ यति भयानक परिस्थिति सिर्जना हुने, हाम्रा आँखाअगाडि नेपालका धरोहरहरू जलाइने, सबै राजनीतिक दलका पार्टी कार्यालयहरू जलाइने, त्यहाँ रहेका इतिहाससँग सम्बन्धित थुप्रै सामग्रीहरू जलाइने र एकै दिनमा विध्वंस गर्ने परिघटना के कारणले भयो भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्छ ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना