कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रचण्डको संकल्प

काठमाडौं,९ साउन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र देशको नेतृत्व गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने बताउनु भएको छ। शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नरबहादुर कर्मचार्य जीवनभर वर्ग, विचार र क्रान्तिप्रति इमानदार, निष्ठावान र सरल व्यक्तित्वका रूपमा स्थापित भएको बताउनु भयो।

उहाँले आफू जनयुद्धको तयारीका क्रममा करिब छ वर्ष कर्मचार्यको संरक्षणमा बसेको स्मरण गर्दै जनयुद्धको तयारीका विषयमा नियमित छलफल हुने गरेको बताउनु भयो।उहाँले भन्नु भयो, ‘मैंले जनयुद्धको तयारीका सबै कुरा कमरेड नरबहादुर कर्मचार्यलाई भन्ने गर्थेँ। उहाँ बडो रुचिपूर्वक सुन्नुहुन्थ्यो। साँच्चै नेपालमा जनयुद्ध हुन्छ त ?’ भन्ने उहाँको जिज्ञासा हुने गर्दथ्यो । मैंले सबैजसो सल्लाह उहाँसँग लिने गर्थेँ, उहाँले पनि सकेको सुझाव दिनुहुन्थ्यो।’प्रचण्डले कम्युनिस्ट आन्दोलन एकताबद्ध हुनुपर्छ भन्ने विषयमा कर्मचार्य सधैँ दृढ रहेको उल्लेख गर्दै एकता केन्द्र गठन हुँदा उहाँ निकै खुसी भएको तर पछि विभाजन हुँदा दुःखी बनेको बताउनु भयो।

उहाँले भन्नु भयो, ‘कमरेड नरबहादुर कर्मचार्यले मनपर्ने नेता को भन्दा ’प्रचण्ड’ भन्नुभएको थियो । त्यो सामान्य भनाइ थिएन, त्यसभित्र ठूलो विचार र भावना थियो, म त्यो कहिल्यै बिर्सिन्नँ।’उहाँले नेपालका प्रथम कम्युनिस्ट महासचिव पुष्पलाल श्रेष्ठका विचार इतिहासले सही सावित गरिसकेको भन्दै अहिले कम्युनिस्ट आन्दोलनमा पुष्पलालप्रति कुनै विमति नरहेको बताउनु भयो।नरबहादुर कर्मचार्य अन्तिम समयसम्म पनि क्रान्तिकारी धारमै अडिग रहेको उल्लेख गर्दै उहाँले वर्तमान परिस्थितिमा कम्युनिस्ट आन्दोलनले ठूलो धक्का खाएको बताउनु भयो।

उहाँले भन्नु भयो, ‘अहिले नेपालको कम्युनिस्ट आन्दोलनले एउटा धक्का खाएको बेलामा कमरेड पुष्पलाल र कमरेड नरबहादुर कर्मचार्यजस्ता नेताहरूलाई स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्ने, पुनर्जीवित गर्ने र देशको नेतृत्व गर्ने संकल्प गर्नुपर्ने अवस्था आएको छ।’प्रचण्डले श्रद्धाञ्जलि कार्यक्रमलाई औपचारिकतामा सीमित नराखी राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको पुनर्गठन तथा देशमा देखापरेका निरंकुश प्रवृत्तिविरुद्ध संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना