बागमती आयोजनाको प्रतिवेदन ४५ दिनभित्र बुझाउन महानगरको निर्देशन

काठमाडौं,९ साउन । काठमाडौं महानगरपालिकाले बागमती नगर जग्गा एकीकरण आयोजनालाई सम्पन्न भएका काम, तिनको प्रभाव तथा बाँकी दायित्वसम्बन्धी लाभ–लागत र प्रभाव प्रतिवेदन ४५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको आयोजना व्यवस्थापन उपसमितिको ३३औँ बैठकले अधुरा पूर्वाधार र सेवा प्रवाहका कारण स्थानीयवासीले समस्या भोगिरहेको निष्कर्ष निकाल्दै तथ्यमा आधारित प्रतिवेदन तयार गरी बाँकी काम शीघ्र सम्पन्न गर्ने निर्णय गरेको हो।

 

बैठकमा डंगोलले आयोजना पटक–पटक म्याद थप्नेभन्दा बाँकी काम सम्पन्न गरेर जग्गा सम्बन्धित धनीलाई फिर्ता गर्ने प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताउनु भयो। उहाँले प्रतिवेदनमा कानुनी, प्रशासनिक र प्राविधिक पक्षसमेत समेट्न निर्देशन दिइनु भयो।बैठकमा वडा नं. ६ र ८ का जनप्रतिनिधि तथा जग्गाधनी प्रतिनिधिहरूले खानेपानी, ढल, सडक लगायत आधारभूत पूर्वाधार अझै अधुरा रहेको र आयोजना ढिलो हुँदा स्थानीयवासी मर्कामा परेको गुनासो गरेका थिए।

 

आयोजनाले हालसम्म वडा नं. ६ मा ९१.८२ प्रतिशत र वडा नं. ८ मा ९५.२ प्रतिशत विकसित घडेरीको स्थायी पुर्जा वितरण गरिसकेको जनाएको छ। साथै अधिकांश सडक ढलान, ढल निर्माण, सडक बत्ती जडान तथा खानेपानी पाइप विस्तारको काम सम्पन्न भएको जानकारी दिइएको छ।बैठकले चालु आर्थिक वर्ष २०८३÷८४ को बजेट स्वीकृत गर्दै अधुरा निर्माण कार्यलाई तीव्रता दिने र आयोजना व्यवस्थित रूपमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना