‘हामीभित्र कमजोरी भए पनि सफलताका सबल पक्ष छन्’ : पोखरेल

काठमाडौं,९ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रका कमजोरी र सफलताका पक्षलाई समग्रतामा हेरेर समीक्षा गर्नुपर्ने बताउनु भएको छ । नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले आलोचनाबाट आफूहरू कहाँ सुधार गर्नुपर्ने हो भन्ने कुरा थाहा हुने बताउनु भएको छ। उहाँले एमालेप्रति फरक–फरक समूहको दृष्टिकोण रहेको उल्लेख गर्दै भन्नु भयो, ‘हाम्रा मित्रहरूले हामीलाई कम्युनिष्ट देख्नुभएन । पूँजीवादी साम्राज्यवादीहरूले भने हामीलाई धेरै कम्युनिष्ट ठानेर भदौ २३ र २४ गते सडकमा पछार्ने काम गर्नु भयो।’

 

पोखरेलले आफूहरू एक पक्षका लागि कम्युनिष्ट हुन नसकेको र अर्को पक्षका लागि कम्युनिष्ट भएकै कारण पीडित भएको टिप्पणी गर्नु भयो। उहाँले कमजोरीबाट कोही पनि मुक्त नरहेको भन्दै एमालेभित्र कमजोरी भएपनि सफलताका सबल पक्षहरू रहेको दाबी गर्नु भयो। ‘मूल्यांकन गर्ने विषय आफैंबीचको विषय हो । सबै चिजलाई समग्रतामा हेर्नुपर्छ, कमजोरीबाट मुक्त कोही पनि छैनन् । हामीभित्र पनि कमजोरी छन्, तर हामीभित्र पनि सफलताका सबल पक्षहरु पनि छन् त्यसैको मार खेपिराखेका छौं । केही हुँदैन थियो भने शत्रुहरु पनि हुँदैन थिए होला,’ पोखरेलले भन्नु भयो। महासचिव पोखरेलले एमाले अहिले पनि प्रहारको निशानामा रहेको दाबी गर्दै पार्टीको अस्तित्व र भविष्य माथि चुनौती खडा गर्ने प्रयास भइरहेको बताउनु भयो ।

 

‘हामी अहिले पनि प्रहारको निशानामै छौं, प्रहार भइरहेकै छ । यस्तो अवस्थामा पुगेका छौं कि हाम्रो अस्तित्वमाथि र भविष्यमाथि नै चुनौती खडा गर्ने काम भइरहेको छ,’ उहाँले भन्नु भयो । उहाँले पूँजीवादी र साम्राज्यवादी शक्तिका लागि आफूहरू समस्या नभए प्रहार किन भइरहेको छ भन्ने विषयमा वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भीड,एक्लो मानिस र सङ्कुचित हुँदै हाम्रो संवेदनशीलता

विश्वका धेरै देशहरूले यस समस्यालाई सार्वजनिक नीतिको विषय बनाएका छन् । बेलायतले एक्लोपनसँग जुध्न विशेष रणनीति बनाएको छ र जापानले पनि सामाजिक अलगावको बढ्दो समस्यालाई ध्यानमा राख्दै छुट्टै सरकारी प्रणाली सिर्जना गरेको छ ।

बजेट कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं,१० साउन । आगामी आर्थिक वर्ष २०८३÷८४ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन गर्ने सम्बन्धमा बनेको ‘विनियोजन ऐन, २०८३’ प्रमाणीकरण भएसँगै

डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू

  धनगढी,१० साउन । विभिन्न माग राख्दै बिहीबार देखि सत्याग्रमा बसेका डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू भएको छ । आइतबार धनगढीस्थित सेती

जन्तर–मन्तरबाट आन्दोलन फिर्ता

काठमाडौं ,१० साउन। भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा जारी रहेको कक्रोज जनता पार्टी (सीजेपी) को प्रदर्शन स्थगित गरिएको छ । आन्दोलनकारी समूहले सरकारसँग भएको छलफलपछि

हेटौँडामा पुरुष मृत फेला, प्रहरी अनुसन्धान तिब्र

हेटौँडा, १० साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन् । प्रारम्भिक जानकारीअनुसार मृतकको पहिचान