अनुसन्धान जारी

धनकुटामा ट्रक दुर्घटनापछि भीषण आगलागीः चालकको मृत्यु, सहचालक घाइते

धनकुटा,१२ साउन । तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारमा सोमबार राति हाइड्रोपावरका सामग्री बोकेको ट्रक दुर्घटना भई भीषण आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। दुर्घटनामा सहचालक घाइते भएका छन्। विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको लो–बेड ट्रक राति करिब ८ः३० बजे सडकबाट चिप्लिएर नालामा पल्टिएको थियो। पल्टिने क्रममा ट्रकको इन्धन ट्याङ्की विस्फोट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनु भयो।

 

आगलागीमा परेर ट्रकभित्रै च्यापिएका भोजपुर घर भएका अन्दाजी ३० वर्षीय चालक विशाल राईको घटनास्थलमै मृत्यु भएको हो। उहाँको शव सोमबार राति नै निकालिएको छ। दुर्घटनामा सामान्य घाइते भएका सहचालकको उपचार भइरहेको छ। घटनालगत्तै प्रहरी उपरीक्षक रञ्जितकारको कमान्डमा पुगेको टोलीले उद्धार कार्य गरेको थियो। दुर्घटनाको थप कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी

मोरङमा मेला, महोत्सव र विवाहमा डिजे बजाउन रोक

विराटनगर,१२ साउन ।जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर आयोजना हुने मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराण लगायतका कुनै पनि कार्यक्रमहरूमा डिजे बजाउन पूर्ण

सरकार र डा. केसी बीच ७ बुँदे सहमति, ५ औँ दिनमा तोडियो अनसन

धनगढी,१२ साउन । स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बस्नु भएको ड. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिसँगै बिहीबारदेखि धनगढीमा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने

काठमाडौं/ स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोडका घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको ‘स्वास्थ्यकर्मी तथा

मानव बेचबिखनको बदलिँदो स्वरूप रोकथाम गर्न सामूहिक प्रयास आवश्यक छ : आईजीपी कार्की

काठमाडौं,१२ साउन । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मानव बेचबिखनको बदलिँदो र जटिल बन्दै गएको स्वरूपलाई नियन्त्रण गर्न राज्य, सुरक्षा निकाय, नागरिक समाज तथा अन्तर्राष्ट्रिय

निर्वाचन आयोगलाई थप स्वतन्त्र र प्रभावकारी बनाउन सांसदहरूको जोड

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा. राजीव सुब्बा (काठमाडौं)सँग संसदीय सुनुवाइ