कलेजोको क्यान्सरबाट जोगिन समयमै हेपाटाइटिस परीक्षण र खोप आवश्यक

काठमाडौँ,१२ साउन । कलेजोको सिरोसिस र क्यान्सरसम्म निम्त्याउन सक्ने हेपाटाइटिस ‘बी’ र ‘सी’को संक्रमण सुरुवाती चरणमा प्रायः कुनै लक्षण नदेखिने भएकाले धेरै बिरामीमा रोग गम्भीर बनेपछि मात्रै पत्ता लाग्ने गरेको छ । समयमै परीक्षण, उपचार र हेपाटाइटिस ‘बी’ विरुद्धको खोपले भने यस्तो जटिल अवस्थाबाट बच्न सकिने चिकित्सकहरूले बताएका छन्। केएमसी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा.सागर पौडेलले हेपाटाइटिस ‘बी’ र ‘सी’लाई ‘साइलेन्ट’ रोगको संज्ञा दिँदै धेरै बिरामीमा कलेजोमा गम्भीर क्षति पुगिसकेपछि मात्रै रोग पत्ता लाग्ने गरेको बताउनु भयो ।

 

विश्व हेपाटाइटिस दिवसको अवसरमा उहाँले सुरुमा कुनै लक्षण नदेखिने हेपाटाइटिस ‘बी’ र ‘सी’को संक्रमण समयमै पहिचान हुन नसके कलेजोको सिरोसिस र क्यान्सरसम्म पुग्न सक्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘हेपाटाइटिस बी र सीको संक्रमण धेरैजसोमा सुरुमा कुनै लक्षण देखिँदैन । लक्षण देखिँदासम्म कलेजोमा धेरै क्षति पुगिसकेको हुनसक्छ । त्यसैले समयमै परीक्षण गरेर संक्रमण पहिचान गर्नु नै सबैभन्दा महत्वपूर्ण हुन्छ ।’ उहाँका अनुसार हेपाटाइटिस हुने प्रमुख कारणमध्ये अत्यधिक मदिरा सेवन, हेपाटाइटिस ‘बी’ र ‘सी’ भाइरसको संक्रमण हुन्छ तथा दूषित खाना र पानीबाट सर्ने हेपाटाइटिस ‘ए’ र ‘ई’ प्रमुख हुन् ।

 

हेपाटाइटिस ‘ए’ र ‘ई’ सामान्यतया केही हप्ता वा महिनाभित्र आफैं निको हुने भए पनि हेपाटाइटिस ‘बी’ र ‘सी’ले दीर्घकालीन रुप लिएर कलेजोको सिरोसिस र क्यान्सरसम्म पुग्न सक्ने उहाँले बताउनु भयो। उहाँले भन्नु भयो, ‘विश्व हेपाटाइटिस दिवस विशेषगरी हेपाटाइटिस बी र सीका बारेमा जनचेतना फैलाउने उद्देश्यले मनाइन्छ । नेपालमा पनि हेपाटाइटिस बी र सीका संक्रमित लाखौं हुन सक्ने अनुमान छ । धेरैजसो संक्रमित समयमै परीक्षणमा नआउँदा रोग ढिलो पत्ता लागिरहेको छ ।’ डा. पौडेलका अनुसार हेपाटाइटिस ‘ए’ र ‘ई’ हुँदा पेटको दायाँ भाग दुख्ने, वाकवाकी लाग्ने, खाना नरुच्ने, हल्का ज्वरो आउने तथा आँखा पहेँलो हुने जस्ता लक्षण देखिन सक्छन्। तर हेपाटाइटिस ‘बी’ र ‘सी’मा सुरुवाती चरणमा यस्ता लक्षण नदेखिन पनि सक्छ ।

 

उहाँले भन्नु भयो, ‘हेपाटाइटिस बी र सी संक्रमित रगत, असुरक्षित यौन सम्पर्क, संक्रमित सुईको प्रयोग तथा संक्रमित आमाबाट बच्चामा सर्न सक्छ । लागूऔषध प्रयोगकर्ताले एउटै सिरिन्ज प्रयोग गर्दा पनि संक्रमण फैलिन सक्छ ।’ उपचारबारे उहाँले हेपाटाइटिस ‘बी’को एन्टिभाइरल औषधिबाट दीर्घकालीन उपचार सम्भव रहेको र हेपाटाइटिस ‘सी’लाई १२ देखि २४ हप्तासम्म औषधि सेवन गरेर पूर्ण रूपमा निको पार्न सकिने बताउनु भयो। उहाँले भन्नु भयो, ‘समयमै रोग पत्ता लगाउन सकियो भने हेपाटाइटिस बीबाट हुने सिरोसिस रोक्न सकिन्छ भने हेपाटाइटिस सी पूर्ण रूपमा निको पार्न सकिन्छ । त्यसैले लक्षण कुरेर बस्नु हुँदैन, परीक्षण गर्नुपर्छ ।’

 

डा. पौडेलले हाल धेरै स्वास्थ्य संस्था र स्वास्थ्य चौकीमा ¥यापिड किटमार्फत हेपाटाइटिस ‘बी’ र ‘सी’को प्रारम्भिक परीक्षण उपलब्ध रहेको जानकारी दिनु भयो । उहाँका अनुसार एउटा परीक्षण गर्न करिब रु. २०० देखि ३०० मात्र खर्च लाग्छ । उहाँले भन्नु भयो, ‘सरकारले सबै क्षेत्रमा परीक्षण सेवा विस्तार गर्नुपर्छ । जनचेतना बढाउन सकियो भने धेरै बिरामीलाई कलेजो बिग्रिनुअघि नै पहिचान गरेर उपचार गर्न सकिन्छ ।’ हेपाटाइटिसबाट बच्ने उपायबारे उहाँले हेपाटाइटिस ‘बी’विरुद्ध प्रभावकारी खोप उपलब्ध रहेकाले समयमै खोप लगाउन, जोखिम समूहले नियमित परीक्षण गराउन तथा संक्रमित व्यक्तिसँग रगत वा सुईको सम्पर्क हुन नदिन विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिनु भयो।

उहाँले भन्नु भयो, ‘समयमै परीक्षण, समयमै उपचार र हेपाटाइटिस बीको खोप नै हेपाटाइटिस नियन्त्रणका सबैभन्दा प्रभावकारी उपाय हुन्। यसबाट कलेजोको सिरोसिस, कलेजोको क्यान्सर र अन्य गम्भीर जटिलताबाट बच्न सकिन्छ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अख्तियारको फन्दामा भक्तपुरका इन्जिनियर

भक्तपुर ,१३ साउन । सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा

राष्ट्रपति र रास्वपा सभापति रवि बिचको भेटमा के भयो?

दमक, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गर्नुभएको छ। बुधबार राष्ट्रपति भवन शीतल निवास पुग्नुभएका सभापति लामिछानेले राष्ट्रपति

झापाको मेचीनगरमा फ्रिजको तार सर्ट भई आगलागी, साढे दुई लाखको क्षति

झापा,१३ साउन । झापाको मेचीनगरमा आज बिहान फ्रिजको तार सर्ट भएर आगलागी हुँदा साढे दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ। बिहान ३ः५० बजे मेचीनगर

सगरमाथा आरोहण अनुमतिमा कडाइ गर्न पासाङ दावाको माग

काठमाडौं,१३ साउन । विश्वको सर्वोच्च शिखर सगरमाथामा जलवायु परिवर्तनको असर बढ्दै गएकाले आरोहण अनुमति अनुभव र योग्यताका आधारमा दिनुपर्ने सगरमाथा आरोही पासाङ दावा शेर्पाले बताउनु

संसदीय सुनुवाइमा उजुरीकर्तामाथि सांसदहरूको प्रश्न ; ‘दरपीठपछि के गर्नुभयो ?’

काठमाडौं,१३ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा प्रमुख निर्वाचन आयुक्त पदका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ता भेषराज लुइँटेलसँग छलफल गरिएको छ

झापामा दुई महिलाको मृत्यु , कारण बारे थाह पाँउ

दमक, १३ साउन । झापामा बुधबार छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। सवारी दुर्घटना र करेन्ट लागेका कारण दुई महिलाले ज्यान गुमाएका हुन्। जिल्ला