सरकार र डा. केसी बीच ७ बुँदे सहमति, ५ औँ दिनमा तोडियो अनसन

धनगढी,१२ साउन । स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बस्नु भएको ड. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिसँगै बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीले सोमबार राति अनसन तोडनु भएको हो । अनसन बस्नु भएको डा. केसी र सरकारविच सोमबार राती ९ बजे सहमति पत्रमा हस्ताक्षर भएको हो । केसीले अनसन सुरुगर्दा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नियुक्त भएका उपकुलपति र रजिष्ट्रारलाई हटाउनुपर्ने केसीको मुख्य एजेण्डा रहेको थियो । केसीको एजेण्डामा दुई दिन सम्म सरकारी टोलीसंग वार्ता भएपनि अन्ततः सो एजेण्डालाई घोडेर सहमति भएको हो ।

 

सहमति संगै बाजुराको गौमुल गाउँपालिका–२ का ४२ बर्षिय चक्रबहादुर धामीको हातबाट जुस पिएर केसीले आफनो ५ दिने अनसन समेत तोडनु भएको छ। सहमति पत्रको पहिलो भागमा कैलालीको गेटामा ’शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ अन्तर्गत कम्तिमा तीन सय शय्याको शिक्षण अस्पताल तत्काल सञ्चालन गरी एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सुरु गर्ने । ऐन संशोधन प्रक्रिया ३ महिनाभित्र अगाडि बढाउने र चिकित्सा क्षेत्रलाई क्रमशः गैर–नाफामूलक बनाउन ६ महिनाभित्र कार्यदल गठन गर्ने उल्लेख छ ।

 

त्यस्तै चिकित्सा शिक्षा आयोगको मापदण्ड अनुसार गुणस्तर मूल्याङ्कन गरेर मात्र एकीकृत कार्यविधि बमोजिम सिट निर्धारण गरिनेछ । निजी शिक्षण संस्थामा सिट सङ्ख्या वृद्धि नगरिने र ऐनको व्यवस्था अनुसार छात्रवृत्ति व्यवस्थालाई यथावत राखिने सहमति पत्रमा उल्लेख छ । त्यसैगरी भ्रष्टाचार छानबिन र अनुगमन समिति २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिहरूबाट भएका भ्रष्टाचार र अपराधको निष्पक्ष छानबिन गरी कारबाही अघि बढाइनेछ ।

२०८२ भदौमा घटेका जघन्य घटना (हत्या, आगजनी, लुटपाट) का दोषीहरूलाई कडा कानुनी कारबाही गरिनेछ । विगतका सहमतिहरूको कार्यान्वयन अवस्था अध्ययन गर्न ३ महिनाभित्र प्रतिवेदन बुझाउने गरी उच्चस्तरीय कार्यदल र प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा अनुगमन समिति गठन गरिनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरी घटना ‘स्थानीय जनप्रतिनिधि सकारात्मक बने अवस्था सहज हुन सक्छ’

इनरुवा, साउन १३ —सुनसरीको देवानगञ्ज गाउँपालिका बुधबार शान्त देखिएको छ। स्थानीय प्रशासनले जारी गरेको अनिश्चितकालीन कफ्र्युका कारण बजार, सडक तथा सार्वजनिक स्थल सुनसान बनेका छन्।

नेपाल रेमिट्यान्समा मात्र निर्भर हुने कि ? आर्थिक परिवर्तनको नयाँ अध्याय सुरु गर्ने?

काठमान्डौं, १३ साउन । नेपाल आज आर्थिक रूपान्तरणको महत्वपूर्ण मोडमा उभिएको छ। हिमाल, पानी, उर्वर भूमि, सांस्कृतिक सम्पदा र सबैभन्दा ठूलो शक्ति—युवा जनशक्ति हुँदाहुँदै पनि

अख्तियारको फन्दामा भक्तपुरका इन्जिनियर

भक्तपुर ,१३ साउन । सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा

राष्ट्रपति र रास्वपा सभापति रवि बिचको भेटमा के भयो?

दमक, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गर्नुभएको छ। बुधबार राष्ट्रपति भवन शीतल निवास पुग्नुभएका सभापति लामिछानेले राष्ट्रपति

झापाको मेचीनगरमा फ्रिजको तार सर्ट भई आगलागी, साढे दुई लाखको क्षति

झापा,१३ साउन । झापाको मेचीनगरमा आज बिहान फ्रिजको तार सर्ट भएर आगलागी हुँदा साढे दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ। बिहान ३ः५० बजे मेचीनगर

सगरमाथा आरोहण अनुमतिमा कडाइ गर्न पासाङ दावाको माग

काठमाडौं,१३ साउन । विश्वको सर्वोच्च शिखर सगरमाथामा जलवायु परिवर्तनको असर बढ्दै गएकाले आरोहण अनुमति अनुभव र योग्यताका आधारमा दिनुपर्ने सगरमाथा आरोही पासाङ दावा शेर्पाले बताउनु