सगरमाथा आरोहण अनुमतिमा कडाइ गर्न पासाङ दावाको माग

काठमाडौं,१३ साउन । विश्वको सर्वोच्च शिखर सगरमाथामा जलवायु परिवर्तनको असर बढ्दै गएकाले आरोहण अनुमति अनुभव र योग्यताका आधारमा दिनुपर्ने सगरमाथा आरोही पासाङ दावा शेर्पाले बताउनु भएको छ। शेर्पाले हाल सम्म ३१ पटक सगरमाथाको सफल आरोहण गसिकनु भएको छ् । अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईसँगको विशेष कुराकानीमा अनुभवी आरोही शेर्पाले हिमाली क्षेत्रको मौसम, हिउँ पर्ने समय र आरोहण मार्गमा देखिएका परिवर्तनले जोखिम बढाइरहेको बताउनु भएको हो । उहाँले सगरमाथामा आरोहण अनुमति संख्या मात्र सीमित गर्नुभन्दा अनुभवी र योग्य आरोहीलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नु भएको छ।

 

‘सगरमाथाको शिखर आरोहणका लागि कति जनालाई अनुमति दिने भन्ने निश्चित संख्या म भन्न सक्दिनँ, तर अनुमति दिँदा अनुभव र योग्यतालाई बढी ध्यान दिनुपर्छ,’ उहाँले भन्नु भयो। उहाँका अनुसार युरोपको एल्ब्रुस, अमेरिकाको डेनाली र अफ्रिकाको किलिमन्जारो जस्ता हिमाल आरोहण गरिसकेका आरोहीलाई प्राथमिकता दिँदा सगरमाथा आरोहण थप सुरक्षित र व्यवस्थित बन्न सक्छ । पासाङ दावाका अनुसार पछिल्ला वर्षमा हिमाली क्षेत्रमा मौसमको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको छ । विगतमा मुख्यतः हिउँदमा हुने हिमपात अहिले सेप्टेम्बर र अक्टोबरजस्ता अफ सिजनमा हुन थालेको उहाँले बताउनु भयो। ‘गत सिजन सेप्टेम्बर र अक्टोबरमा भएको भारी हिमपातले खुम्बु क्षेत्र र उच्च हिमाली भेगका जनजीवन प्रभावित बनायो । यसले आरोही र स्थानीय समुदाय दुवैमा डर बढाएको छ,’ उहाँले भन्नु भयो ।

 

उहाँले सन् १९९६ तिर पनि सेप्टेम्बर–अक्टोबरमा भारी हिमपात हुँदा हिमपहिरो र ठूलो क्षति भएको स्मरण गर्नु भयो। सगरमाथा आरोहणका क्रममा आफूले विगत केही वर्षयता मार्गमा समेत ठूलो परिवर्तन देखेको पासाङ दावाले बताउनु भयो । ‘५–६ वर्षअघि खुम्बु आइसफलको बाटो रोलाङतर्फबाट खुल्थ्यो, अहिले नुप्चेपट्टिबाट खुल्छ । आरोहण मार्ग परिवर्तन भएको छ,’ उहाँले भन्नु भयो। उहाँका अनुसार नुप्चेबाट खुलेको नयाँ मार्ग हुँदै माथिल्लो भागसम्म पुग्ने बाटो प्रयोग भइरहेको छ । हिमनदी पग्लिने क्रम बढ्दा बरफ कमजोर हुने, चिरा (क्रेभास) बढ्ने र आइस संरचना अस्थिर बन्ने समस्या देखिएको उहाँको भनाइ छ ।अध्ययनहरूले पनि सगरमाथा क्षेत्रको हिउँको आवरण पछिल्ला दशकमा घट्दै गएको देखाएका छन् । तापक्रम वृद्धिसँगै हिमपातको समय, मात्रा र वर्षाको स्वरूपमा परिवर्तन आएको वैज्ञानिकहरूले बताएका छन् ।

 

सगरमाथामा आरोहीको संख्या वर्षेनी बढ्दै जाँदा भीड व्यवस्थापन र सुरक्षाको विषय पनि चुनौती बन्दै गएको छ । सन् २०२६ मा सगरमाथाका लागि अनुमति र राजस्व संकलन उच्च स्तरमा पुगेको बताइएको छ । यस वर्ष मात्रै सगरमाथा आरोहणका लागि करिब ५०० अनुमति जारी गरिएको थियो । पासाङ दावाका अनुसार अनुभवी आरोहीको सहभागिता बढाउँदा दुर्घटनाको जोखिम घटाउन सकिन्छ ।‘सगरमाथा आरोहण गर्ने धेरैजसो आरोही अनुभवी हुन्छन्, तर अन्य उच्च हिमाल आरोहणको अनुभवले उनीहरूलाई अझ तयार बनाउँछ,’ उहाँले भन्नु भयो। नेपाल सरकारले ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण शुल्कसमेत वृद्धि गरेको छ । सन् २०२५ फेब्रुअरी ३ मा जारी गरिएको पर्वतारोहण नियमावलीको छैटौं संशोधनले ८ हजार मिटरभन्दा अग्ला हिमालमा एकल आरोहण (सोलो एक्सपेडिसन) गर्न रोक लगाएको छ ।

 

नयाँ व्यवस्थाअनुसार वसन्त ऋतुमा नेपालको सामान्य दक्षिणी मार्गबाट सगरमाथा आरोहण गर्ने विदेशी आरोहीको रोयल्टी शुल्क प्रतिव्यक्ति १५ हजार अमेरिकी डलर पुगेको छ । यसअघि यस्तो शुल्क ११ हजार डलर थियो । यस्तै, शरद ऋतुको शुल्क ५ हजार ५०० डलरबाट बढाएर ७ हजार ५०० डलर पु¥याइएको छ भने हिउँद र मनसुन मौसमको शुल्क २ हजार ७५० डलरबाट बढाएर ३ हजार ७५० डलर बनाइएको छ । नेपाली आरोहीका लागि पनि वसन्त ऋतुको सामान्य मार्गको रोयल्टी शुल्क ७५ हजार रुपैयाँबाट बढाएर १ लाख ५० हजार रुपैयाँ पु¥याइएको छ ।

 

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्यान्डका एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेपछि नेपालतर्फबाट करिब ७ हजार आरोहीले सगरमाथाको चुचुरोमा पाइला राखिसकेका छन् । तर, जलवायु परिवर्तन, बदलिँदो मौसम र बढ्दो आरोही चापका कारण विश्वकै अग्लो हिमालको भविष्यमा नयाँ चुनौती थपिँदै गएको आरोही तथा विज्ञहरूले बताउँदै आएका छन् । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना