अनुसन्धान जारी

विराटनगर विमानस्थलमा जुत्ताभित्र ब्राउन सुगर बरामद

विराटनगर,१४ साउन । विराटनगर विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा काठमाडौं पठाउन लागिएको स्पोट्र्स जुत्ताभित्र लुकाइएको ब्राउन सुगर बरामद भएको छ । घटनामा संलग्न आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराती विराटनगर महानगरपालिका–९ महेन्द्रचोकस्थित एक्स्पो एक्सप्रेस कुरियरमार्फत काठमाडौं पठाउन लागिएको कार्गो सामान विमानस्थलको प्रस्थान केन्द्रमा एक्स–रे मेसिनबाट जाँच गर्दा शंकास्पद वस्तु देखिएको थियो ।

 

त्यसपछि जुत्ता खोलेर जाँच गर्दा जुत्ताको सोलभित्र कालो प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा १८ दशमलव ४८ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त कार्गो विराटनगर–५ निवासी राघव झाको नामबाट काठमाडौं पठाउन लागिएको थियो । सामान कुरियर गर्न आएका विराटनगर महानगरपालिका–५ का २४ वर्षीय सुशान्त खड्कालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्रीको राजीनामा माग सहित जनकपुर बजार बन्द

जनकपुर,१४ साउन । हिन्दू सम्राट सेनाको आह्वानमा जनकपुरधामको बजार बन्द गरिएको छ । जनकपुरधामका हिन्दू युवाहरूले जनकपुर बजार बन्द गराएका छन् । उनीहरुले प्रत्येक मुख्य

देशमा हत्या–हिंसा बढ्दा सरकार बेखबरः सांसद राई

काठमाडौं,१४ साउन । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले देशको सुरक्षा अवस्था र राष्ट्रियताका विषयमा गम्भीर ध्यान दिनुपर्ने बताउनु भएको छ। बिहीबार बसेको प्रतिनिधिसभा

प्रधानमन्त्रीले विवादित अभिव्यक्ति नसच्याएसम्म विरोध जारी रहन्छः सांसद शर्मा

काठमाडौं,१४ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति नसच्याएसम्म आफ्नो दलको विरोध जारी रहने बताउनु भएको छ । प्रतिनिधिसभाको बिहीबार

‘पाथीभरा माता’ बनेर भ्रम फैलाउने २४ वर्षीय समिर थापा पक्राउ

रौतहट,१४ साउन । रौतहट जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक सञ्जाल मार्फत भ्रम फैलाएको र धार्मिक आस्थामा आँच प पुर्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ

नागरिकको मृत्युमा राज्यको मौनता माथि थापाको प्रश्न

काठमाडौं,१४ साउन। नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा भएको घटनाबारे सरकारसँग जवाफ माग गर्दै निष्पक्ष छानबिनको माग गर्नु

CTVT का करार तथा ज्यालादारी श्रमिकद्वारा आन्दोलनको घोषणा

भक्तपुर,१४ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूको केन्द्रीय संघर्ष समितिले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै