सार्वजनिक यातायात सुविधा होइन, सास्ती बन्यो : सांसद पराजुली

काठमाडौँ,१४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले राजधानी सहित देशभरको सार्वजनिक यातायात सेवाको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सार्वजनिक यातायात गन्तव्यमा पुग्ने साधन मात्र नभई राज्यले आफ्ना नागरिकलाई कति सम्मान गर्छ भन्ने मापन गर्ने महत्वपूर्ण आधार पनि भएको बताउनु भयो । उहाँले नागरिकलाई सहज, सुरक्षित र व्यवस्थित यातायात सेवा उपलब्ध गराउन आग्रह गर्नु भयो।

 

‘सार्वजनिक यातायात गन्तव्यमा पुर्याउने साध मात्र होइन । देशको आधुनिकता समाजको संस्कार राज्यले आफ्नो नागरिकलाई कति सम्मान गर्छ भन्ने मापन गर्ने स्पष्ट बिम्ब पनि हो,’ उहाँले भन्नु भयो, ‘आज दुर्गम क्षेत्रको कुरा नै छाडौँ राजधानी सहरहरूको सार्वजनिक यातायात सेवाको कहालीलाग्दो वर्णन गरी साध्य छैन । राजधानीमा सार्वजनिक यातायात नागरिकका लागि सुविधा होइन सास्ती बनेको छ ।’ उहाँले दुर्गम क्षेत्रको अवस्था अझ चुनौतीपूर्ण रहेपनि राजधानीकै सार्वजनिक यातायात सेवा नागरिकका लागि सुविधा नभइ सास्ती बनेको बताउनु भएको छ ।

 

घण्टौँ ट्राफिक जाममा बस्नुपर्ने, सिट क्षमताभन्दा दोब्बर यात्रु कोचिएर यात्रा गर्नुपर्ने तथा समयमै गन्तव्यमा पुग्ने कुनै निश्चितता नरहेको अवस्था रहेको उहाँले बताँउनु भयो । उहाँले भन्नु भयो, ‘घण्टौं ट्राफिकमा रोकिने, सिट क्षमता भन्दा दोबर भीडमा कोचिनुपर्ने समयमै गन्तव्यमा पुग्न अनिश्चितता भोग्नुपर्ने अनि राजधानीमै कयौँ नयाँ बस्तीमा सार्वजनिक सवारी साधन नचल्ने अवस्था छ । यस्तो अवस्थाबाट नागरिकलाई मुक्त गर्न ढिला गर्नु हुँदैन् ।’ सांसद पराजुलीले राजधानी नजिकका धेरै नयाँ बस्तीमा समेत सार्वजनिक सवारी साधन नियमित रूपमा सञ्चालन नहुँदा नागरिक दैनिक सास्ती खेप्न बाध्य भएको दाबी गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन

स्वामी आत्मानन्द गिरीको चिन्ता : ‘राष्ट्रमा शान्ति र सद्भाव जोगाउन सबै जिम्मेवार बन्नुपर्छ’

काठमाडौं,१५ साउन । सुनसरीसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएका साम्प्रदायिक तनाव र विरोध प्रदर्शनका घटनाले धार्मिक तथा सामाजिक वृत्तमा समेत चिन्ता बढाएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको उच्चस्तरीय पहल

काठमान्डौं, १५ साउन । सुनसरीसहित मधेशका केही जिल्लामा देखिएको तनाव समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाह ले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल

किन रोकिएन देवानगञ्जमा तनाव ? सुरक्षा व्यवस्था कडा

काठमाडौं,१५ साउन । सुनसरीको देवानगञ्जमा जारी आन्दोलनका कारण स्थानीय अवस्था अझै तनावपूर्ण बनेको छ । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना

धार्मिक अगुवाहरुसँग रवि लामिछानेको छलफल,के के भए कुरा ?

काठमाडौं,१५ साउन । सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थाल्नु भएको छ । सभापति लामिछानेले शुक्रबार पार्टी