पोल भाडा विवाद समाधान तर्फ

काठमाडौं,१४ साउन । लामो समयदेखि विवाद र अन्योलमा रहेको नेपाल विद्युत् प्राधिकरणको विद्युत पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ । यससँगै इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालय मार्फत वल्र्डलिंकले आर्थिक वर्ष २०८२÷८३ को स्वःघोषणाका आधारमा निर्धारण गरिएको पोल भाडा रकममध्ये कर कट्टीपश्चात् भुक्तानी प्रक्रिया अघि बढाएको जनाएको छ ।

 

कम्पनीका अनुसार आर्थिक वर्ष २०८१÷८२ को हकमा संयुक्त रूपमा गरिएको पोल तथा डीबी बक्स प्रमाणीकरणका आधारमा हिसाब मिलान गरिएको छ । यस क्रममा विगतमा भएको दोहोरो भुक्तानीसमेत समायोजन गर्दै बाँकी रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ । प्राधिकरणले विद्युत् पोल प्रयोग गरेर सेवा सञ्चालन गरिरहेका इन्टरनेट तथा केबल सेवा प्रदायकसँग लामो समयदेखि भाडा असुलीको विषयमा विवाद झेल्दै आएको थियो । पछिल्लो कदमलाई उक्त विवाद समाधानतर्फको महत्वपूर्ण प्रगतिको रूपमा हेरिएको छ ।

 

यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले राज्यको पूर्वाधार प्रयोग गर्ने सबै सेवा प्रदायकले कानुन बमोजिम तिर्नुपर्ने शुल्क समयमै भुक्तानी गर्नु दायित्व भएको बताउनु भएको छ । मन्त्री श्रेष्ठले वल्र्डलिंकबाट सुरु भएको भुक्तानी प्रक्रियालाई सकारात्मक सुरुआतको रूपमा व्याख्या गर्दै अन्य सेवा प्रदायकहरूले पनि कानुनी दायित्व पूरा गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले सरकार विधिको शासन र कानुनको निष्पक्ष कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्याको समाधान पनि कानुनी सीमाभित्र रहेर गरिने स्पष्ट पार्नु भयो ।

 

साथै, कानुन कार्यान्वयनलाई अनावश्यक रूपमा राजनीतिक रंग दिने वा भ्रम सिर्जना गर्ने प्रयासप्रति सचेत रहन आग्रह गर्दै मन्त्री श्रेष्ठले सबैका लागि समान रूपमा कानुन लागू हुने सरकारको नीति रहेको दोहो¥याउनु भयो । पोल भाडा बक्यौता असुली प्रक्रिया पुनः सक्रिय भएसँगै अन्य इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीहरूले पनि भुक्तानी प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

न्यायिक आयोग गठन गर्न उज्यालो नेपाल पार्टीको माग

काठमाडौं,१४ साउन । उज्यालो नेपाल पार्टीले सुनसरी र सिरहाका घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र न्यायिक आयोग तत्काल गठन गर्न माग गरेको छ । पार्टीले

मधेश तनावः शीर्ष नेताहरू छलफलमा

मधेश,१४ साउन । मधेश मा पछिल्लो समय बिग्रँदै गएको सुरक्षा परिस्थिति र साम्प्रदायिक संवेदनशीलतालाई ध्यानमा राख्दै मधेश केन्द्रित दलका शीर्ष नेताहरू आपत्कालीन छलफलमा जुटेका छन्।

सुनसरी–सिरहा घटनाप्रति ओलीद्वारा दुःख व्यक्त, सामाजिक सद्भाव कायम राख्न अपिल

कठमाडौं,१४ साउन । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरी र सिरहामा भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिक र राजनीतिक वृत्तलाई

सुरक्षा स्थिति चुस्त बनाउन वीरगञ्जमा निषेधाज्ञा जारी

काठमाडौं,१४ साउन । जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा

प्रहरीको गोलीले युवकको मृत्यु, एबी मलमा आगजनी

काठमाडौं,१४ साउन । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यहाँको स्थिति अत्यन्तै तनावपूर्ण बनेको छ। घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले गोलबजार स्थित सिरहा

मानसिक स्वास्थ्यलाई शिक्षा नीतिमा समेट्न मन्त्रालयमा छलफल

काठमाडौं,१४ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्दै सरोकारवालासँग विस्तृत अन्तरक्रिया गर्नु भएको छ ।