सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : प्रचण्ड

काठमाडौं,१४ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्था सहज नरहेको बताउनु भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले राष्ट्रिय एकता, सामाजिक सद्भाव र संवाद मार्फत समस्या समाधान गर्न सबै पक्षलाई आग्रह समेत गर्नु भयो।

 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले गत निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता अनुसार सरकार अघि बढ्न नसकेको टिप्पणी गर्नु भयो। सरकारका गतिविधिले जनअपेक्षा पूरा गर्न नसकेको भन्दै दिनप्रतिदिन परिस्थिति अझ असहज बन्ने चिन्ता बढ्दै गएको उल्लेख गर्नु भएको छ । उहाँले भन्नु भयो, ‘अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन । सदनमा तर्क वितर्क चलिरहेको छ । गत निर्वाचनमा गरिएको वाचा र अभिमत अनुसार काम भएको छैन् । सरकारका क्रियाकलापले जनताको अपेक्षालाई सम्बोधन गर्न सकेको छैन् । बरु दिन प्रतिदिन परिस्थिति अझ असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ ।’

 

प्रचण्डले सुनसरीमा भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सदनमार्फत सम्पूर्ण नेपालीलाई शान्ति, सद्भाव र संयमता अपनाउन अपिल गर्नु भएको छ। उहाँले नेपाली समाजको ऐतिहासिक विशेषता धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता रहेको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि संवाद र सहकार्यबाट समस्या समाधान गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ । सुनसरी, मोरङल गायतका क्षेत्रमा देखिएका तनावप्रति सचेत रहन आग्रह गर्दै उहाँले कुनै पनि विवादलाई संवाद र सहकार्यको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनु भएको छ ।

उहाँले भन्नु भयो, ‘सुनसरी–मोरङ लगायत अन्य क्षेत्रमा जे परिस्थिति देखा परेको छ । उक्त परिस्थितिका सन्दर्भमा संवाद र सहकार्य माध्यमबाट समाधान गर्ने र आम जनताको एकताको माध्यमबाट देशभित्र घोचपेच गर्नखोज्ने परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्तिको अन्त्य गर्न अपिल गर्दछु ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन

स्वामी आत्मानन्द गिरीको चिन्ता : ‘राष्ट्रमा शान्ति र सद्भाव जोगाउन सबै जिम्मेवार बन्नुपर्छ’

काठमाडौं,१५ साउन । सुनसरीसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएका साम्प्रदायिक तनाव र विरोध प्रदर्शनका घटनाले धार्मिक तथा सामाजिक वृत्तमा समेत चिन्ता बढाएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको उच्चस्तरीय पहल

काठमान्डौं, १५ साउन । सुनसरीसहित मधेशका केही जिल्लामा देखिएको तनाव समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाह ले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल

किन रोकिएन देवानगञ्जमा तनाव ? सुरक्षा व्यवस्था कडा

काठमाडौं,१५ साउन । सुनसरीको देवानगञ्जमा जारी आन्दोलनका कारण स्थानीय अवस्था अझै तनावपूर्ण बनेको छ । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना

धार्मिक अगुवाहरुसँग रवि लामिछानेको छलफल,के के भए कुरा ?

काठमाडौं,१५ साउन । सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थाल्नु भएको छ । सभापति लामिछानेले शुक्रबार पार्टी