सरकारले शिक्षकको मागलाई सम्बोधन गर्न सकेको छैन

काठमाडौँ,१४ साउन । बिहीबार आयोजित ‘राहत शिक्षक एकता भेला’ कायक्रममा बोल्दै उहाँले जहाँ एकता हुन्छ त्यहाँ सफलता र विजय सुनिश्चित हुने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘एकता भन्ने कुरा ठूलो कुरा हो । जहाँ एकता छ, त्यहाँ सफलता छ । जहाँ एकता छ, त्यहाँ विजय छ । हामी एकताबिना सम्भव छैन । हरेक क्षेत्रमा हेर्यो भने विगतदेखि हालसम्म हामीले हेर्दै आएका हौँ भने एकता जहाँ छैन त्यहाँ देश बनेको छैन । एकता महत्त्वपूर्ण कुरा हो ।’

विगतमा पटक–पटक भएका आन्दोलनप्रति सरकारले बेवास्ता गरेको भन्दै उहाँले अहिलेको सरकारले पनि शिक्षकका मागलाई सम्बोधन गर्न नसकेको आरोप लगाउनु भयो ।

‘परिस्थितिअनुसार हिजो आन्दोलन, २९ दिने आन्दोलनमा पनि सरकारले केही गरेन । त्यसभन्दा पहिला पनि थुप्रैपटक आन्दोलन भयो, केही गर्न सकेन,’ उनले भने, सरकार कस्तो देखियो भने अब ‘जुन जोगी आए कान चिरे’ भने जस्तै हिजोको ‘सरकारले पनि हाम्रा शिक्षकलाई केही पनि व्यवस्थापन गर्न सकेन। अहिलेको सरकार पनि हेर्नुभयो भने बजेट भाषणमा के थियो या कार्यान्वयन पुस्तिकामा के आयो ।’

उहाँले बजेट वक्तव्य र कार्यान्वयन पुस्तिकामा अन्य सातौँ तहका स्थायी कर्मचारीका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिए पनि शिक्षकलाई त्यसबाट वञ्चित गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको सरकारले तपाईंलाई हेर्नुभयो, अस्ति भर्खर ३ दिन भयो, कार्यान्वयन पुस्तिकामा हेर्दाखेरि प्रोत्साहन भत्ता शिक्षकलाई छैन, अरू सबैलाई छ । सातौँ तहका स्थायी व्यवस्थापन भएका अरू कर्मचारीलाई प्रोत्साहन भत्ता छ, शिक्षकलाई काहीं पनि इंगित गर्या छैन ।’

राज्यले शिक्षकलाई देशको मेरुदण्ड भनेर व्याख्या गरे पनि सेवा–सुविधा र अधिकारका विषयमा विभेद गरेको उहाँको भनाई छ ।

राउतले राहत शिक्षकहरूबीच विभाजन, मनमुटाव र आन्तरिक विवाद भए स्थायी व्यवस्थापन तथा पेशागत विकासका माग पूरा हुन नसक्ने चेतावनी दिनुभयो । त्यसैले लामो छलफल र सहमतिपछि विभिन्न समूहबीच एकीकरण प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

उहाँका अनुसार एकता प्रक्रियाका संयोजक कृष्ण विष्ट र लालबहादुरबीच हालै सहमति भएको छ भने राष्ट्रिय समितिमा लामो समयदेखि सक्रिय रहेका शिक्षकहरूको सहभागितासहित एकीकरणलाई अन्तिम रूप दिइएको छ ।

देशभरका करिब ४० हजार राहत शिक्षकलाई एउटै मोर्चामा उभिन आह्वान गर्दै उहाँले बाहिर रहेका शिक्षकहरूलाई पनि एकतामा आबद्ध हुन आग्रह गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानसिक स्वास्थ्यलाई शिक्षा नीतिमा समेट्न मन्त्रालयमा छलफल

काठमाडौं,१४ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्दै सरोकारवालासँग विस्तृत अन्तरक्रिया गर्नु भएको छ ।

प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं,१४ साउन । प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने हुनु भएको छन । उहाँले आजै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रका नाममा सम्बोधन गर्न

सिरहामा झडपः गोली लागेर १८ वर्षीय युवक गम्भीर घाइते

सिरहा,१४ साउन । सिरहामा दुई पक्षबिच भएको झडपका क्रममा गोली लागेर सुभाष ठाकुर गम्भीर घाइते हुनु भएको छ। छातिमा गोली लागेर धनुसाधाम घर भएका अन्दाजी

सांसद पौडेल माथि अमानवीय व्यवहार गर्ने दुई जना पक्राउ

रौतहट,१४ साउन । रौतहटको गढीमाई नगरपालिका वडा नं. ७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार

सरकारले शिक्षकको मागलाई सम्बोधन गर्न सकेको छैन

काठमाडौँ,१४ साउन । बिहीबार आयोजित ‘राहत शिक्षक एकता भेला’ कायक्रममा बोल्दै उहाँले जहाँ एकता हुन्छ त्यहाँ सफलता र विजय सुनिश्चित हुने बताउनु भएको हो ।

प्रतिनिधिसभा बैठक साउन १९ गतेसम्म स्थगित

काठमाडौँ,१४ साउन । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक यही साउन १९ गतेसम्मका लागि स्थगित भएको हो । सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते