गृहमन्त्रीकै हस्ताक्षरमा सम्झौता

देवानगन्ज घटना : गृहमन्त्रीसग भएको सात सहमति केके?

सम्झौतापछि घटनासँग सम्बन्धित आन्दोलनका कार्यक्रम स्थगित हुने

इनरुवा, १५ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सम्झौता भएको छ।

शुक्रबार बिहान देवानगञ्जमै भएको छलफलपछि गृहमन्त्री सुदन गुरुङ र मृतकका परिवारका अभिभावकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतासँगै घटनापछि जारी आन्दोलन अन्त्य गर्ने सहमति पनि भएको जनाइएको छ।

सम्झौताअनुसार नेपाल सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने प्रतिबद्धता जनाएको छ। साथै, मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराइने उल्लेख गरिएको छ।

त्यसैगरी, साउन १० गते भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने सहमति भएको छ। देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन सुरु गर्ने पनि सम्झौतामा उल्लेख छ।

सम्झौतामा प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने र मृतकहरूको सम्मानमा स्थानीय सरकारसँग समन्वय गरी उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने विषय पनि समावेश गरिएको छ।

सम्झौतापछि घटनासँग सम्बन्धित आन्दोलनका कार्यक्रम स्थगित हुने र सहमतिका बुँदाहरू कार्यान्वयनका लागि दुवै पक्षले आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पर्वतको फर्सेमा कालीगण्डकीले २५ घर बगायो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं ,११ असोज। पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित एक बस्तीमा कालीगण्डकी नदीको बाढी पस्दा २५ वटा घर बगेका छन् । आज बिहान करिब ८ बजे नदीको

ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि, इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो

काठमाडौं ,११ असोज। नेपालमा खाना पकाउने विद्युतीय उपकरणको आयात चालु आर्थिक वर्ष (आव) २०८३÷८४ को पहिलो दुई महिनामै उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको

मलेसियामा न्यूनतम तलब ३ हजार १०० रिंगिट पुर्‍याउने प्रस्ताव, ४ लाखभन्दा बढी नेपाली लाभान्वित हुन सक्ने

सरकारले उत्पादकत्व वृद्धि, श्रमिकको सीप विकास तथा राम्रो पारिश्रमिक सुनिश्चित गर्ने

लालबकैया खोलाको पुल, बाँध र कटान–डुबान क्षेत्रको सुरक्षा अधिकारीद्वारा निरीक्षण

रौतहट अशोज११। रौतहट राजपुर नगरपालिका–२ स्थित लालबकैया खोलामा बाढी तथा वर्षाका कारण हुन सक्ने कटान र डुबानको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका सुरक्षा अधिकारीसहितको टोलीले स्थलगत

अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ?

जनकपुर,११ असोज । मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र हावाहुरीका कारण पर्सा, बारा, रौतहट,

देशभरका प्रमुख नदीमा बाढीको चेतावनी : नारायणी दिनभर खतरा तहमा रहने, पश्चिमतिर सर्दै वर्षा प्रणाली

काठमाडौं , असोज ११ । देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेसँगै बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलविज्ञान तथा