जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय अनुसार आज विहान सद्भाव निकालिएको थियो ।सद्भाव र्याली पश्चात जनकचोकमा सम्बोधन कार्यक्रम जारी रहेको समय हिन्दू सम्राट सेनाका सदस्यहरुले विरोध जनाउँदै नाराबाजी गरेका छन ।
उनीहरुले हिन्दू मार्न पाईँदैन, हिन्दू राष्ट्र कायम गर, हिन्दू विरोधी सावधान लगायतका नारा लगाउँदै विरोध जनाए । उनीहरुले आफूहरुसंग वार्ता सम्पन्न भइनसकेकाले सद्भाव र्यालीको कुनै औचित्य नरहेको बताएका छन् । र्यालीमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले हिन्दू सम्राट सेनाका प्रतिनिधिहरुसंग तत्काल छलफल गर्ने बताउँदै उनीहरुलाई सम्हालेर साथमै लिएर छलफलका लागि जानु भएको छ। हिजो सम्पन्न सर्वपक्षीय बैठकमा पनि हिन्दू सम्राट सेनाका प्रतिनिधि अनुपस्थित थिए । आज भएको सद्भाव र्यालीमा पनि हिन्दू सम्राट सेना सहभागी भएका थिएनन् ।









