सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य रहेको बताउनु भएको छ। शनिबार नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै थापाले विपद्का बेला प्रभावकारी रूपमा काम गर्न व्यवस्थित प्रशिक्षण आवश्यक पर्ने बताउनु भएको छ ।

 

उहाँले केही दिनअघि सुनसरीको देवानगञ्जमा भएको घटनापछि नेपाली कांग्रेसले तत्काल स्थानीय जनप्रतिनिधि र पार्टीका जिम्मेवार व्यक्तिसँग सम्पर्क गरी हिंसा र उत्तेजना फैलिन नदिन सक्रिय भूमिका खेलेको बताउनु भएको छ । पार्टीले सामाजिक सद्भाव कायम राख्न निरन्तर प्रयास गरिरहेको उहाँको भनाइ थियो। थापाले विपद् व्यवस्थापन आफैंमा छुट्टै विज्ञान भएको उल्लेख गर्दै भावना मात्र भएर नपुग्ने बताउनु भएको छ। उहाँले भन्नु भयो, ‘विपद्को लागि स्किल पनि चाहिन्छ। के मद्दत गर्ने, कसरी गर्ने भन्ने ज्ञान भएन भने कहिलेकाहीँ मद्दत गर्न खोज्दा पनि झन् अप्ठ्यारो पर्न सक्छ । त्यसैले भावना मात्र भएर हुँदैन, सीप र ज्ञान पनि आवश्यक हुन्छ ।’

 

उहाँले देशका ७५३ वटै पालिकामा विपद् व्यवस्थापनमा पार्टीको टोली निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिनु भएको छ। प्रशिक्षण लिएका कार्यकर्ताले देशभर पुगेर अन्यलाई पनि तालिम दिने र विपद् व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको उहाँले बताउनु भएको छ। सभापति थापाले नेतृत्वका लागि करुणा सबैभन्दा महत्वपूर्ण गुण भएको उल्लेख गर्दै नागरिकको पीडा महसुस गर्न सक्ने संवेदनशीलता बिना असल नेतृत्व सम्भव नहुने धारणा राख्नु भएको छ।
उहाँले भन्नु भयो, ‘यो समयको नेतृत्वका लागि सबैभन्दा आवश्यक कुरा करुणा हो। अरूको दुःख महसुस गर्न सक्ने, नागरिकको पीडामा साथ दिन सक्ने नेतृत्व नै आजको आवश्यकता हो।’

 

थापाले राजनीति शक्ति र सत्ताका लागि मात्र नभई मानव सेवा र नागरिक सेवाको माध्यम भएको उल्लेख गर्दै कांग्रेसले सोही मूल्यमान्यतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनु भएको छ। साथै प्रतिष्ठानले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमले पार्टीका कार्यकर्तालाई विपद् व्यवस्थापनमा सक्षम र जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो। उपसभापति विश्वप्रकाश शर्माले कसैलेपनि पार्टी र देशका लागि भन्दापनि समाजका लागि काम गर्नुपर्ने औंल्याउँदै सीप अनुसार विपद् व्यवस्थापनमा काम गर्नुपर्ने बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय