शोकमा डुब्यो ‘निम्सादाई’को जन्म गाउँ ,नयाँ घर बनाउने सपना अधुरै

म्याग्दी,१८ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना अहिले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’को निधनका कारण शोकमा छ । पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा निधन भएपछि जन्मथलोका आफन्त, साथीभाइ र गाउँलेहरू स्तब्ध बनेका छन् ।

निर्मलकी आफन्त कमला केसीले चार दिनसम्म सकुशल फर्किने आशामा बसे पनि अन्ततः त्यो आशा निराशामा बदलिएको बताउनु भयो । उहाँले दुई वर्षअघि दाना आएका निर्मलले पुरानो पुख्र्यौली जग्गामा मौलिक शैलीको घर बनाउने योजना सुनाएको स्मरण गर्दै त्यो सपना अधुरै रहेको बताउनु भयो ।

निर्मलका बाल्यकालका साथी तथा अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष रमेश पुर्जाले सानैदेखि साहसी, जिद्दी र लक्ष्यप्रति दृढ स्वभावका कारण निर्मलले विश्व पर्वतारोहणमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएको बताउनु भयो ।

अन्नपूर्ण आधार शिविरमा भरियाका लागि आश्रयस्थल निर्माण गर्ने योजना पनि उहाँले बनाउनु भएको थियो ।

निम्स फाउन्डेशनमार्फत दानाका विद्यालयमा छात्रवृत्ति, शैक्षिक सामग्री वितरण तथा पर्यटन र स्वास्थ्य क्षेत्रमा सहयोगका योजना अघि बढाउनु भएको थियो ।

निर्मलको सम्मानमा अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ भने गाउँपालिकाले उहाँको शालिक निर्माण गर्ने घोषणा गरेको छ । दानावासीले पनि उहाँको ‘अस्तु’ जन्मथलोमा सेलाएर स्थायी सम्झनाका रूपमा शालिक स्थापना गर्नुपर्ने माग गर्नु भएको छ ।

ब्रिटिश गोर्खा सैनिकबाट विश्वप्रसिद्ध पर्वतारोही बनेका निर्मल पुर्जाले विश्वका १४ वटा आठहजार हिमाल सबैभन्दा छिटो आरोहणसहित अनेकौं कीर्तिमान कायम गरेका थिए । जन्मथलोमै घर बनाउने सपना अधुरै भए पनि उनले छोडेको साहस, प्रेरणा र योगदान भने दानासँगै सिंगो नेपालका लागि सधैं अमर रहनेछ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पूर्वी तराईका मोरङ झापा हुँदै इलाम र ताप्लेजुङसम्मका सवारीहरू जोखिम मोलेर यात्रा गर्न बाध्य

रामेछाप,१८ साउन । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ

बिहारमा यात्रुवाहक रेलमा आगलागी

काठमाडौं,१८ साउन । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल

धनुषामा निषेधाज्ञा हटेसंगै चहल पहल सामान्य बन्दै

धनुषा,१८ साउन । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै

शोकमा डुब्यो ‘निम्सादाई’को जन्म गाउँ ,नयाँ घर बनाउने सपना अधुरै

म्याग्दी,१८ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना अहिले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’को निधनका कारण शोकमा छ । पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा निधन

प्रविधि कुनै जादुको छडी होइन; समाधानहरू समाजभित्रै खोजिनुपर्छ।

वृक्षको हरियालीले हामीलाई आकर्षित गर्छ तर, यदि पातहरू पहेँलो हुन थाले र कसैले तिनलाई हरियो रङ लगाइदियो भने, टाढाबाट हेर्दा त्यो वृक्ष स्वस्थ देखिन सक्छ तर के त्यो वास्तवमै स्वस्थ हुन्छ त?