बिहारमा यात्रुवाहक रेलमा आगलागी

काठमाडौं,१८ साउन । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको र कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताउनु भएको छ ।

समस्तीपुर–सहरसा यात्रुवाहक रेल (नम्बर ६३३४४) को इन्जिनमा सिमरी बख्तियारपुर रेल स्टेशनमा बिहान करिब ३ः४० बजे आगलागी भएको हो । सहरसा अग्नि नियन्त्रण कार्यालयका सहायक अग्नि अधिकृत निरञ्जन कुमारका अनुसार रेलको इन्जिनमा आगो लागेको सूचना प्राप्त हुनासाथ फोम टेन्डर र पानी टेन्डरसहितको टोली घटनास्थल पठाइएको थियो ।

आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । ‘रेल इन्जिनमा आगो लागेको जानकारी प्राप्त भएपछि तत्काल उद्धार टोली परिचालन गरिएको थियो। आगो नियन्त्रणमा आइसकेको छ र हालसम्म मानवीय क्षतिको कुनै जानकारी प्राप्त भएको छैन,‘ उहाँले भन्नु भयो ।

घटनाका एक यात्रुले बिहान करिब ३ः४० बजे रेलमा आगलागी भएको र त्यसका कारण यात्रुहरूले ठूलो सास्ती व्यहोर्नुपरेको बताउनु भयो । आगलागीपछि यात्रुहरू अलपत्र परेका छन् भने रेल सेवासमेत प्रभावित भएको छ ।

आगलागीको कारण भने अझै खुल्न सकेको छैन । घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाएको छ । यसअघि गत मे महिनामा पनि बिहारको मधुबनी रेलवे स्टेशनमा उभिएको जयनगर–उधना अन्त्योदय एक्सप्रेसका खाली डब्बाहरूमा आगलागी भएको थियो। प्लेटफर्ममा शन्टिङ भइरहेको बेला लागेको आगोले एक डब्बा पूर्ण रूपमा जलेर नष्ट भएको थियो । एएनआई

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पूर्वी तराईका मोरङ झापा हुँदै इलाम र ताप्लेजुङसम्मका सवारीहरू जोखिम मोलेर यात्रा गर्न बाध्य

रामेछाप,१८ साउन । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ

बिहारमा यात्रुवाहक रेलमा आगलागी

काठमाडौं,१८ साउन । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल

धनुषामा निषेधाज्ञा हटेसंगै चहल पहल सामान्य बन्दै

धनुषा,१८ साउन । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै

शोकमा डुब्यो ‘निम्सादाई’को जन्म गाउँ ,नयाँ घर बनाउने सपना अधुरै

म्याग्दी,१८ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना अहिले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’को निधनका कारण शोकमा छ । पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा निधन

प्रविधि कुनै जादुको छडी होइन; समाधानहरू समाजभित्रै खोजिनुपर्छ।

वृक्षको हरियालीले हामीलाई आकर्षित गर्छ तर, यदि पातहरू पहेँलो हुन थाले र कसैले तिनलाई हरियो रङ लगाइदियो भने, टाढाबाट हेर्दा त्यो वृक्ष स्वस्थ देखिन सक्छ तर के त्यो वास्तवमै स्वस्थ हुन्छ त?