अस्तित्वलाई स्वीकारौँ, अन्यायलाई होइन’ : डेन्जोम साम्पाङ

कला, साहित्य, संगीत र संस्कृतिको संरक्षणमा सक्रिय डाइनामिक ग्रुप नेपाल र स्वीकारोक्ति फाउन्डेसनको संयुक्त आयोजनामा बिर्तामोडमा ‘स्वीकारोक्ति स्वागत तथा भेटघाट कार्यक्रम’ सम्पन्न भएको छ।

कार्यक्रममा स्वीकारोक्ति दर्शन, साहित्य र सामाजिक रूपान्तरणका विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता डाइनामिक ग्रुप नेपालकी अध्यक्ष खगिन्द्रा खुसी ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा स्वीकारोक्ति फाउन्डेसनका केन्द्रीय अध्यक्ष तथा स्वीकारोक्ति दर्शनका प्रवर्द्धक डेन्जोम साम्पाङ सहभागी हुनुभएको थियो। अध्यक्ष खुसीले डाइनामिक ग्रुप नेपालको दशक लामो यात्रा, कला, भाषा, साहित्य र संस्कृतिको संरक्षणमा संस्थाले खेलेको भूमिकाबारे प्रकाश पार्नुभयो।

प्रमुख अतिथि साम्पाङले स्वीकारोक्ति दर्शन, आत्मस्वीकार र शान्तिपूर्ण समाज निर्माणका विषयमा आफ्नो धारणा राख्नुभयो।प्रमुख अतिथि डेन्जोम साम्पाङ ले “ हामीले अस्तित्वलाइ स्वाकार्नु भनेका हौ तर अन्यायलाइ होइन ।”उहाँले थपमा “हामीले विचारमा समानता खोजेका होइनौँ, मानव मूल्य, मानवीय पीडा, संवेदन, र आधारभुत अधिकारमा समान्त खोजेका हौ । सम्पूर्ण अस्तित्वले न्यायिक सम्बोधन पाओस् भन्ने अभियानमा छौँ।

कार्यक्रममा राधा रिमाल अधिकारीले स्वागत कविता प्रस्तुत गर्नुभएको थियो भने सञ्जय शिवाकोटी र निरज पोख्रेलले गीत प्रस्तुत गर्नुभएको थियो। भगवती ढुङ्गेल, टिका भट्टराई नेपाल, पिताम्बर अधिकारी, पत्रकार भुपेन्द्र तिम्तिसन र अभागी थेगुवाले रचना वाचन गर्नुभएको थियो। विशेष अतिथि वरिष्ट्साहित्यकार विश्व नेपाली साहित्य महासघंका निवर्तमन अध्यक्ष सुरेन्द्र लिम्बु प्रदेशी तथा कोशि प्रमुख प्रेश सल्लाहाकार देवेन्द्र खापुङ ले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन गजलकार रश्मि असफल ले गर्नुभएको थियो।

यसैबीच, काठमाडौंमा आयोजित विशेष समारोहमा वरिष्ठ साहित्यकार, कवि तथा मुन्धुम संस्कृतिविद् वैरागी काइँला (तीलविक्रम नेम्बाङ) लाई रु ६ लाख राशिको ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ प्रदान गरिएको छ। विश्व भुटानी साहित्य सङ्गठनको छैटौँ अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानको घोषणाअनुसार स्वीकारोक्ति फाउन्डेसनले उक्त पुरस्कार समर्पण गरेको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको