जनता अप्ठ्यारामा हुँदा प्रधानमन्त्री सामाजिक संजालमै सिमित बलावती शर्मा

काठमाडौं १९ साउन । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्ला दिनहरूमा देशमा भइरहेका दुखद घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले सुनसरीको देवागञ्ज घटनापछि मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्नुभयो  । उहाँले राजनीतिक दल, नागरिक समाज, सरकार तथा सम्बन्धित संघ–संस्थाको पहलका कारण अवस्था नियन्त्रणउन्मुख भएको उल्लेख गर्नुभयो।

उहाँले भन्नु भयो , ‘देशमा एकपछि अर्को दुखद घटना घटिरहेको छ । सुनसरीको देवागन्द घटेको घटनापश्चात मधेशभर फैलिएको साम्प्रदायिक घटनालाई जिम्मेवार राजनीतिक दल, नागरिक समाज र सरकार विभिन्न संघसस्थाको सचेत पहलमा नियन्त्रणउन्मुख छ ।’

उहाँले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभया।

शर्माले संकटका बेला प्रधानमन्त्रीको सक्रिय उपस्थितिको अपेक्षा जनताले गरेको भए पनि त्यसअनुसारको भूमिका नदेखिएको आरोप लगाउनु भएको छ।

‘सदनले मात्र होइन, आम नेपाली जनता अप्ठ्यारो र दुःख–सुखमा अभिभावकका रूपमा प्रधानमन्त्रीको भौतिक उपस्थिति खोजेका छन्। तर प्रधानमन्त्री सामाजिक सञ्जाल र स्टाटसमै सीमित हुनुभएको छ,’ उहाँले भन्न्ुा भयो ।

उहाँले विधिको शासनको कुरा गर्ने सरकारले स्वतन्त्र न्यायपालिकामा हस्तक्षेप गरेको आरोप पनि लगाउनु भयो । उहाँले सरकारमाथि न्यायपालिकालाई प्रभावित पार्ने प्रयास भएको दाबी गर्दै त्यसप्रति गम्भीर ध्यान दिन आग्रह गर्नु भयो।

‘विधिको शासन कुरा गर्ने सरकारले स्वतन्त्र न्यायपालिकामा हस्तक्षेप गरेर हुर्मत लिने काम गरेको छ,’ उहाँले भन्नु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना